arrow

तारा एअर दुर्घटनाका शव सङ्कलन सुरु

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
tara-air-4.jpg.jpeg
दाना (म्याग्दी) । म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा भएको तारा एअरको जहाज हिजो विहान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन आज बिहानदेखि पुनः सुरु भएको छ । घटनास्थलमा उद्धार सामग्रीसहित पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृतकको शव सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरेको हो । 
 
घटनास्थलमा तीनवटै निकायका करिब २०० सुरक्षाकर्मी परिचालन भएका र मौसम सफा भएकाले सजिलो भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उन्नाइसवटा शव घटनास्थलमा भेटिएका छन् । थप चारवटा शवको खोजी भइरहेको छ । शव सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको हो । 
 
भौगोलिक रुपमा बिकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु लागेको र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भएपनि अन्य काम हुन सकेको थिएन । चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो । हेरौ तस्बीरहरु 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ