फलफूल सेवनले महिलाहरुको युवा अवस्था कायम राख्छ : अध्ययन
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
659
Shares
एजेन्सी। महिलाले जवानीमा धेरै मात्रामा फलफूल, सब्जी वा शाकाहारी खाना खाएमा उनी बुढि हुदा पनि स्वस्थ रहने एक अध्ययनले देखाएको छ । अध्ययनले भनेको छ फलफूल, सब्जी वा शाकाहारी खानाले महिलाको स्वास्थ्यमा विशेष प्रभाव राख्दछ तर पुरुषमा भने यसले खासै महत्व राख्दैन। यस बिषयलाई लिएर वैज्ञानिकहरु चिन्तित देखिएका छन्।
अमेरिकाको कोरोनरी आर्टिलरी रिस्क डेभ्लोप्मेन्टको रिसर्चका अनुसार महिलाले युवा अवस्थामा फलफूल, सब्जी अवथा शाकाहारी खाना खानाले उनीहरुको मुटु २० बर्ष पछि पनि त्यति नै स्वास्थ्य रहने जनाएको छ।महिलाहरुको मुटु तथा नाडीसँग सम्बन्धित रोगहरुबाट पनि बच्न सकिन्छ। तर अचम्म लाग्दो कुराचाहिँ पुरुषमा भने सो अनुरुप फलफूल तथा सब्जी खाएर पनि यस्तो प्रभाव नदेखिएको उक्त सोधको प्रतिवेदनमा उल्लेख छ।
१९८० को दशकबाट शुरु गरीएको उक्त अध्ययनमा १८ देखि ३० सम्मका दुई हजार पाँच सय ८ जना युवा तथा युवतीको खान पिनलाई अधार मानेर गरीएको अनसन्धान थियो। दुई तीन दशकपछि जब खान पिनको हिसाबले उनहरुको मुटु परीक्षण गरियो तब थाहा भयो कि मांसाकारी खाने महिलाहरु भन्दा शाकाहारी खाने महिलाहरुमा ज्यादा स्वस्थ रेहेको पाइएको छ। जुन महिलाले २० देखि २५ बर्ष सम्म धेरै फलफूल र तरकारी खाएर अरु महिलाको तुलनामा स्वस्थ्य देखिए।
अनुसन्धानकर्ता मिशेल मिडेमाका अनुसार, "अनुसन्धानले यो पुष्टि गर्छ कि रोगहरुको विकास जीवन भर चल्ने प्रक्रिया हो। यसलाई जवानीमा स्वस्थ खानेकुरा खाएर कम गर्न सकिन्छ। अनुसन्धानलाई हेरेर हामि भन्न सक्छौ हामि कस्तो खानेकुरा खाएर स्वास्थ्य रहन सक्छौ भनेर।"
तर अनुसन्धानमा लिएका ३७ प्रतिशत पुरुषहरमा फलफूल, सब्जी वा शाकाहारी खाना खाए पनि महिला जस्तो सकारात्मक प्रभाव नपरेको उक्त प्रतिवेदनको ठम्याइ छ।अनुसन्धाकर्ता टोलीकी एक सदस्य मिडेमा बताउछिन," ज्यादा डाइट पुरुषहरुका लागि कम रक्षत्मक हुने तथ्य अरु धेरै अध्ययनबाट पनि पुष्टि भइसकेको छ। तर आजसम्म पनि जीव विज्ञानको यो लिला बुझ्न सकिएको छैन की पुरुषहरुमा कमी किन हुन्छ भनेर?"