arrow

भारतीय कम्पनीको अलमलका कारण सडक निर्माणमा ढिलाइ

logo
प्रेम रौले,
प्रकाशित २०७२ फागुन १३ बिहिबार
Bajura-Sadak.jpg.jpeg
बाजुरा। साफे मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड मार्तडीको २७ किलोमिटर पक्की सडकको निर्माण कार्य ढिलासुस्ती हुदै आएको साफे सडक डिभिजन कार्यालय अछामले जनाएको छ।  समयमा सम्झौता भए अनुसार सडक निर्माण कार्य सुरु हुनेपर्ने भएतापनि सम्झौता भए भन्दा एक वर्ष पछि काम सुरु हुनाले निर्माण कार्य सोचेको भन्दा केही समय लाग्ने सडक डिभिजन कार्यालय साफेका प्रमुख अमृतमण् रिमालले बताएका छन्। उनले भने, बार्जुगाड मार्तडी सडकलाइ समयमा काम सम्पन्न गर्नका लागि भएको सम्झौता अनुसार काम सुरु नभएकाले अहिले मार्तडी सम्म पक्की सडक निर्माण हुने नसक्ने बताए।
 
साफे मार्तडी सडक खण्डको आधा भाग निर्माणमा ठेका लिएको पी एस कम्पनीको लापरबाहीका कारणले गर्दा समयमा काम सम्पन्न नहुने रिमालले बताएका छन्। समयमा सडक निर्माणको काम गर्न आग्रह गरेपनि बेवास्ता गरेको उनले भने। सडक निर्माणका लागि भारतिय कम्पनी संग ०७१मा सम्झौता गरी निर्माण काम सुरु गर्नु भन्दा इन्धन अभावको कारण देखाउदै दशैयता काम ठप्प गरिएको बताए। उनले भने अहिले निर्माण कार्य सुरु भइसकेकाले ३ वर्षमा निर्माण सकिने बताए। साफे मार्तडी सडक खण्ड तिव्र रुपले काम सुचारु गर्न पहल भइरहेको बताए। साथै मार्तडी कोल्टी सडक निर्माण कार्य पनि सूचारु हुने बताएका छन्। भारतीय कम्पनी एक्जीम बैंकको सहयोगमा ६८ करोड ०७४ असारभित्र काम सक्ने गरी सम्झौता भएको उनले भने।  
 
पी एस कम्पनीका अनुसार बार्जुगाड मार्तडी सडक निर्माण कार्य समयमा सम्झौता भए पनि भारतीय एक्जीम बैंकले सुरुमै अलमल गरेकाले काम विलम्व भएको पी एस क्मपनीका प्रतिनिधीले बताए। नाकाबन्दीले गर्दा तेल अभावका कारपणले निर्माण कार्य ढिला भएको एक प्रतिनीधीले स्वीकार गरेका छन् ।अहिले मजदुरहरुका लागि टिप्पटर स्काइभेटर र लोडर लगायत उपकरण सहित १५ मेसिन परिचालन गरिएको कम्पनीले जनाएको छ। सडक निर्माण कार्य अबरुद्ध नभएको भए अहिले सम्म जडाङ्गासम्म दो्होरो कटिङ्ग भइसक्ने कम्पनीका प्रतिनिधीले बताए। 
 
चालु आवमा ७ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य भएपनि पहिलो चरणमा १४ किलोमिटर तिपाडासम्म ग्राभेल गर्ने योजना बनाएको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्पराज भट्टले बताए। सदरमुकाम मार्तडीमा यातायात पुर्‍याउने उद्देश्यले २० वर्ष अघि साफे मार्तडी सडक सिलान्यास भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ