arrow

दुर्घटनामा ज्यान गुमाएकाको शव सोली घोप्टीबाट दानामा ल्याईयो

logo
निर्मल खत्री,
प्रकाशित २०७२ फागुन १३ बिहिबार
tara-air-4.jpg.jpeg
म्याग्दी १३ फागुन । हिजो सोलीघोप्टे भिरमा भएको यति यएर लाईन्सका  जहाज दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव म्याग्दीको दानामा ल्याइएको छ ।  घटनास्थलमा पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको टोलीले शवलाई संकलन गरेको  हाल दानामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलबाट दानामा डाईनेस्टीक एयरको हेलीकप्टर मार्फत २० वटा शव पठाईसकिएको घटनास्थलमा रहेका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए । 
 
डाईनेस्टीक एयरको दुई वटा हेलीकप्टरले घटनास्थलबाट शवलाई दानामा मा भारेका छन् । थप शवको खोजी जारी रहेको र दानाबाट शवलाई पोखरा पठाईने बताईएको छ। हिजो बिहान ७ ५० मा पोखराबाट जोमसोमका लागि उडेको २३ जना सवार कल साईन नाईन एन एएचएच भएको तारा एयरको टिवनएटर बिमान बुधबार दाना गाविस २ सोलीघोप्टे भिरमा ठोक्कीएर दुर्घटना भएको थियो । 
 
खराव मौसम र भौगोलिक बिकटताका कारण बुधबार सुरक्षाकर्मी घटनास्थल पुगेपनि शव संकलन गर्ने काम हुन सकेको थिएन् । बिहीबार बिहानैदेखि मौसम सफा भएकाले सहज रुपमा खोजी र संकलनको काम भएको खड्काले सुनाए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ