भाईटीकाको दिनदेखि रमाईलो टिभिमा नयाँ टेलिश्रृंखला

प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार

काठमाडौं ।  डिशहोम आफैले प्रवर्धन गरेको च्यानल रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको समय  दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले तिहारको अवसर पारेर भाईटीकाको दिनदेखी नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् । रमाईलो टिभिले “दृष्टी”, “अपराध”, “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका नयाँ टेलिश्रृंखला  प्रसारण गर्न लागेको हो ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित सो टेलिश्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८: ३० बजे रमाईलो टेलिभिजनमा  प्रशारण हुनेछ ।

समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८:३० बजे रमाईलो टेलिभिजनमा  प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८:०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८:०० बजे रमाईलो टेलिभिजनमा  प्रशारण हुने छन् ।

डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने जानकारी गराउँदछौं । नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरुले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहेका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्नेछ भन्ने आशा लिएका छौ।

रमाईलो एचडि तथा  एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रा.लि.(ओइपिएल) ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढी रहेको छ  ।

नयाँ