एजेन्सी । पोर्चुुगिज स्टार तथा रियाल मड्रिडका मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या २० करोड बढी नाघेको छ । २० करोड बढीले पछ्याएका रोनाल्डो सामाजिक संजालमा यति धेरै फ्यान बटुल्ने पहिलो खेलाडी भएका छन् ।
३१ वर्षीय फुटबलर रोनाल्डोलाई फेसबुक, ट्वीटर, इन्टाग्राम गरेर २० करोड बढीले पछ्याइरहेका छन् । रोनाल्डोले ट्वीट गरेर २० कारोड फ्यानले पछ्याउने पहिलो खेलाडी बन्न पाएकोमा गर्व महसुस भएको भन्दै सबै समर्थकलाई धन्यवाद दिएका छन् ।