arrow

भक्तपुर काँग्रेसमा थापा र कवेबीच प्रतिष्पर्धा, शनिवार फेरि निर्वाचन

भक्तपुरमा काँग्रेसलाई एक नम्वरको पार्टी बनाउने थापाको घोषणा

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
durlav-thapa.jpg.jpeg
भक्तपुर। नेपाली काँग्रेस भक्तपुर जिल्ला अधिवेशनको निर्वाचनमा जिल्ला सभापतिको चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन हुने भएको छ । भक्तपुरमा बुधवार भएको निर्वाचनपछि राति अबेर आएको नतिजा अनुसार नेता शेरबहादुर देउवा पक्षका उम्मेदवार एवम् काँग्रेस भक्तपरका निवर्तमान सभापति गणेश चक्रधरले १२५ र देउवा पक्षकै उम्मेदवार दुर्लभ थापाले १४७ मत ल्याएका थिए। संस्थापन पक्षका सभापतिका उम्मेदवार अष्टकुमार कवेले १४४ मत, संस्थापनकै  उम्मेदवार राजाराम खड्काले ३८ मत प्राप्त गरे।
 
स्पष्ट बहुमत कसैको नआए पछि संस्थापनका कवे र देउवा पक्षका थापाको मत बढी भएको आधारमा दुई जनाबीच आगामी शनिवार पुनः निर्वाचन हुने भएको हो। देउवा पक्षका उमेद्वार थापा कवे भन्दा बलियो मानिन्छन। थापालाई जिताउन देउवा पक्षधर एक ठाउँमा आइसकेका छन्। थापाले भक्तपुरमा काँग्रेसलाई एक नम्वरको पार्टी बनाउने घोषणा गरेका छन्। 
 
अधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये सचिवमा उद्धव सिलवाल १७२ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विजेश अवाल १४७ मत प्राप्त गरी निर्वाचित भए।
 
जिल्ला सदस्यमा किरण न्यौपाने, मुरारी आचार्य, निशान ढुङेल, धर्मराज थापा, नवराज दाहाल, प्रेम खत्री, हरि नेपाल, राजनकाजी त्वाती, केदार खड्का, गोकुल शर्मा निर्वाचित भएका छन्।
 
त्यसैगरी महिला जिल्ला सदस्यतर्फ सारदा झा, उर्मिला वन, निलकमल ध्वजू, सचिला खड्का, दलित तर्फ राम बोगटी र रोजी विशुङ्खे, आदीवासी जनजाति तर्फ किरण माकजु, शिवराम श्रेष्ठ, अल्पसङ्ख्यकमा शशी बस्नेत, रमा ढकाल शिल्पकार निर्वाचित भएका छन्।  
 
महासमिति सदस्यमा भने गणेशमान चक्रधर, रामेश्वर ढुङ्गेल, विनोद कायस्थ, बाबुराजा जोशी, मदनकृष्ण श्रेष्ठ, प्रवीण वन, निशान ढुङ्गेल, रजनी जोन्छे, सुभद्रा काफ्ले, विष्णुराज कार्की, जगन्नाथ कार्की, निर्वाचित भएका छन्।



नयाँ