arrow

अमेरिकी निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

logo
प्रभात सापकोटा,
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
harry-bhandari.jpg

अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा नेपाली मुलका ह्यारी भण्डारी बिजयी भएका छन् ।अमेरिकामा सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनि दोश्रो स्थानमा आई विजयी भएका हुन् ।

 गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्प्रर्धिहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए ।अमेरीका वाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका अमेरीकी हुन् ।

भण्डारी सन् २०१४ मा चौथो स्थान भएपछि उनी प्राथमिक चरणमै बाहिरिएका थिए । उनि जुन स्थानमा सन् २०१४ मा उप बिजेता बनेका थिए सोही क्षेत्र बाट यस पटक पनि उम्मेदवार बनि सफलता हासिल गरेका छन् । सन् २०१४ मा भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् ।

हाल डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भण्डारी चौध बर्ष अघि नेपालको पर्वत जिल्लाबाट अमेरिका आएका हुन् । भण्डारीले त्रिभुवन विश्वबिद्यालयबाट एमए गरेका छन् भने अमेरिकामा जोन हप्किन्स र मेरिल्यान्ड विश्वबिद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन्।

 उनसंग बाल्टिमोर कम्यूनिटी कलेज र बाल्टिमोर पब्लिक स्कूल सिस्टममा अध्यापनको अनुभव छ। उनको विजयसंगै नेपाली समुदायमा खुसीयाली मनाउने क्रम शुरु भएको छ भने नेपाल विद्यार्थी संघ अमेरीकाले नेपाली मुलका भण्डारी विजयी भएको मा वधाई दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ