arrow

प्रेमबारे ओशोका ९ मार्गदर्शन

logo
प्रेम
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
osho.jpg

काठमाडौं ।  प्रेम गर्नुहुन्छ भने तपाईले पनि धेरै कुराको ख्याल गर्नुपर्छ । प्रेम अन्धो हुन्छ भनिन्छ त्यसैले पनि केहि ध्यान पुर्‍याउन भने जरुरी छ।

१४ फेब्रुअरी भ्यालेन्टाइन डे । यसको चर्चा विश्वभर हुन्छ । प्रेमबारेका अद्भूत कुराहरु हुन अहिलेसम्म छाडेका छैनन् । यससम्बन्धमा दर्शनशास्त्री ओशोका आफ्नै विचार छन् । ओशोले प्रेम बारे ९ मार्गदर्शन दिएका छन् ।

१, यसले कुनै अर्थ राख्दैन कि तपाईले कसलाई प्रेम गर्नुहुन्छ, कहाँ प्रेम गर्नुहुन्छ, किन प्रेम गर्नुहुन्छ, कहिले प्रेम गर्नुहुन्छ, कसरी प्रेम गर्नुहुन्छ, अनि के का लागि प्रेम गर्नुहुन्छ, मतलव सिर्फ यही राख्छ कि तपाईं प्रेम गर्नुहुन्छ ।

२, प्रेम एक पंक्षी हो जसलाई स्वतन्त्र हुन नै मन पर्छ । प्रेम बढ्नका लागि पूरा आकाशको जरुरी पर्छ ।

३, दुनियाँमा दोस्ती हुनु नै सच्चा प्रेम हो । दोस्तीको भाव नै प्रेमको सर्वोच्च रुप हो । जहाँ केही पनि मागिदैन, कुनै सर्त राखिँदैन, जहाँ दिइन्छ मात्र ।

४, यदि तपाईं प्रेमपूर्वक बाँचिरहनु भएको छ भने तपाईले महान् जिन्दगी बाँचिरहनु भएको छ । किनकि प्रेमले नै जिन्दगीलाई महान् बनाउँछ ।

५, प्रेमको सर्वश्रेष्ठ सीमा स्वतन्त्र हुनु हो । पूरा स्वतन्त्रता । कुनै पनि नाता टुक्रिनु भनेको स्वतन्त्रता नहुनु हो ।

६, प्रेम एक शराब हो । यसको स्वाद लिनुपर्छ । त्यसलाई पिउनु पर्छ । शराबमा डुब्नुपर्छ । तबमात्र पत्तो पाइन्छ कि प्रेम के हो ।

७, दोस्तीनै सबैभन्दा निर्मल प्रेम हो । प्रेमको उच्च स्तर नै दोस्ती हो । जहाँ कुनै पनि परिस्थितिका लागि कसैसंग सोधिँदैन, सिर्फ एकअर्कालाई खुशी दिइन्छ ।

८, जब कुनै प्रेमको योजना बन्छ तब तपाईको पूरै ध्यान त्यसमा सामिल हुन्छ भने सोच्नुस् यो झुठो र पाखण्डीपन बन्नेछ । किनकि प्रेममा योजना हुँदैन ।

९, सबैभन्दा ठूलो सबाल यो होइन कि कति सिक्न सकिन्छ, सबाल यो हो कि कति भुल्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ