arrow

यस्तो छ संसारकै दुःखी बिरालो

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
sad-cat1.png

एजेन्सी। यो विरालोलाई ईन्टर्नेट युजरले संसारको सबैभन्दा दु:खी विरालोको पगरी गुथाईदिए । लुहु नामको यो विरालो चाहे जे सुकै गरोस्, तर उसको चेहराको भाव कहिलै बदलिनेछैन ।

उसको आँखामा सधैंभरी उदास भाव छल्किरहेको देखिन्छ । लुहु बेइजिङमा आफ्नो मालिक मैगी लियूको साथ रहने गरेको छ । उसको साथमा उसका २ भाइ अरु पनि छन् ।

मैगीले यी ३ विरालाहरुको फोटो सेयर गर्नको लागि एक इन्स्टाग्राम पेज बनाइन् । जसमाथि अहिलेसम्म ४० हजार भन्दा बढि फलोअर बनिसकेको छ । लुहुको दुर्इभाइ जहिलै पनि खुशी देखिन्छन् । तर, लुहुको चेहेराको भाव कहिलै बदलिँदैन ।

लुहु खेल्छ, खान्छ कराउछ पनि , तर उसको आँखाको उदासीपन कहिलै हट्दैन । यही कारणले उसको अनुहारले उ दुनियाको सबैभन्दा दु:खी विरालोको रुपमा मान्न थालियो ।

उसको उदास आँखाका कारण नै उनी इन्टरनेट युजर्सको बीचमा फेमस बनेको हो । केही मानिसहरु उसको 'उदासी' व्यवहारको मजा लिने गर्दछन् र एकछिन घोत्लिने गर्छन् यो किन सधै‌ उदास हुन्छ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ