arrow

स्वीडेनमा १७ औं शताब्दीको दुई मुकुट चोरी, डुङ्गा चढेर भागे चोर

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
sweden.png

काठमाडौं । स्वीडेनको राजकीय परिवारले लगाउने दुई मुकुटहरु चोरी भएको छ । एक प्रदर्शनीमा राखिएको अवस्थामा उक्त मुकुटहरु चोरी भएको हो । प्रदर्शनीमा निकै ठुलो भीड थियो र सुरक्षा अलार्म पनि बन्द थियो ।

यस्तोमा चोरले सुरक्षाको लागि राखिएको सिसा फोरेर अरु गहनाहरु पनि चोरेका थिए । प्रहरीका अनुसार चोरले यति छिटो यो काम गरेका थिए कि कसैले पनि के भइरहेको छ भनेर भेउ पाउन सकेका थिएनन् । स्टकहोल्मभन्दा करिब ६० किलोमिटर टाढा रहेको स्थानमा यो घटना भएको हो ।

चोरले राजा कार्ल नवौं तथा रानी क्रिस्टियानाको मुकुट चोरेको हो । दुवै मुकुट सुनल बनेको थियो । साथै त्यसमा बहुमल्य रत्न तथा मोती जडान गरिएको थियो । रानीको मुकुट राजाको भन्दा पनि महँगो रहेको थियो । यद्यपि यसको मूल्यकोे विषयमा कुनै जानकारी दिइएको छैन ।

प्रहरीका अनुसार चोरलाई यो सामग्रीहरु आफ्नो मुलुकमा बिक्री गर्न निकै कठिन हुने बताएको छ । उक्त मुकुटहरु बाहिरी मुलुकमा बिक्री हुनसक्ने भएकाले इन्टरपोललाई सम्पर्क गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ