arrow

क्यान्सरपीडित फ्यान भेट्न अस्पताल पुगे सलमान खान

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
salman.JPG

काठमाडौं । सलमान खान आफ्नो फ्यान भेट्न अस्पताल पुगेका छन् ।  सलमान फ्यान भेट्न सोमबार टाटा मेमोरियल हस्पिटल (मुम्बई)  पुगेका हुन् ।  उनी अस्पताल पुगेर फ्यानसँग कुरा गरेको भिडियो भाइरल बनेको छ ।

 जसमा सलमान आफ्ना फ्यानलाई हराउने प्रयास गरिरहेको देखिन्छन् । गोविन्द नाम गरेका एक व्यक्तिले उक्त क्यान्सरपीडित बिरामीसँग भेट गर्न सलमानसँग आग्रह गरेका थिए । उनको अनरोधलाई स्वीकार गर्दै सलमान अस्पताल पुगेका हुन् ।
 
सलमान खान यस्तो बिरामीलाई सहयोग गर्ने मामिलामा निकै चर्चित छन् । सलमान खान नयाँ फिल्म भारतबाट दर्शकमाझ आउने भएका छन् । कटरिना कैफका साथमा आउने सो फिल्म अली अब्बासको निर्देशनमा बनिरहको छ । यो फिल्म २०१९ मा सार्वजनिक हुनेछ ।एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ