arrow

भारतसंग बंगलादेश निरिह

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
Asia-cup-india.jpg.jpeg
एजेन्सी । बंगलादेशमा जारी एसिया कप क्रिकेटको पहिलो खेलमा आयोजक बंगलादेश भारतसंग ४५ रनले पराजित भएको छ । मिरपुर स्थित शेर बंगला स्टेडियममा भएको खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ् रोजेपाछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै  १ सय ६६ रन बनायो । 
 
भारतका ओपनर रोहित शर्माले आक्रमक ब्याटिङ्गको प्रदर्शन गर्दै केवल ५५ बलमा ८३ रन बनाए पछि भारत बलियो स्थितीमा पुगेको थियो। उसका अर्का ब्याटसम्यान पान्यडाले ३१ रन बनाउनु बाहेक अन्यले राम्रो अंक बनाउन सकेनन्। बलिङ्गमा बङ्गलादेशका अमिर होसनले सर्वा्धिक ३ विकेट लिएका थिए ।
 
१ सय ६७ रनको चुनौती पछ्याएको बंगलादेश २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय २१ रनमा समेटियो । बंगलादेशका लागि सबिर रहमानले ४४, मुशफिकुर राहिमले १६, तासकिन अहमदले १५ रन बनाए । बंगलादेशको व्याटिङ ध्वस्त पार्ने क्रममा भारतका आषिश नेहराले २४ रन खर्चिँदै ३ विकेट लिए । रविचन्द्रन अश्विन, जसप्रित भुमरा र हार्दिक  पान्डेयले समान १–१ विकेट झारे । खेलको म्यान अफ द म्याच भारतका रोहित शर्मा भए । एसिया कप अन्तर्गत अर्को खेलमा श्रीलंका र युएई भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ