arrow

प्रहरी अनुसन्धान पनि आइटिबाटैः डिआइजि नेपाल

logo
शरद रेग्मी,
प्रकाशित २०७२ फागुन १३ बिहिबार
DIG-police.jpg.jpeg
दाङ। प्रहरी नायव महानिरिक्षक डिआइजि  माधवप्रसाद  नेपालले नेपालमा हुने हरेक जटिल अपराधहरुको अनुसन्धान आइटि बेसवाट हुने बताउनु भएको छ। रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज विहीवार दाङको  तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा उहाँले अपराध दिन प्रतिदिन प्रविधियूक्त बन्दै  गएको भन्दै नेपाल प्रहरीपनि समय अनुसार अनुसन्धानलाई पनि आधुनिक तरिका वाट अगाडि बढाको र त्यसमा प्रहरीले सफलता प्राप्त गर्दै  गएको बताउनु भयो।
 
त्यस्तै उहाँले कालोवजारी र तस्करीलाई नियन्त्रण गर्न आफु लागी परेको बताउनु भएको छ। उहाँले कानुनको विपरीत  हुने कुनैपनि कामलाई  आफुले प्रसंय नदिने दावि समेत गर्नु भएको छ। राजश्व ठगी तथा अवैध धन्दा गर्नेहरुलाई मैले छुट दिने छैन् त्यसको निगरानि मेरो पहीलो प्रयास हुने छ नेपालले भन्नु भयो। रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको  अध्यक्षता भएको साक्षात्कारमा उहाँले जुनसुकै किसिमको अपराधिहरुलाई पनि आफुले नछोडर्ने भन्दै  शान्ति सुरक्षा कायम गर्न आफुले राजनितिक दलहरुको दवावमा नपर्ने समेत बताउनु भयो।
 
‘उहाँले भन्नु भयो म यो पार्टि त्योपार्टि भनेर छाडने छैन्। जनचाहना र कानुनमा रहेर काम गर्ने छु उहाँदे भन्नु भयो ।’ त्यसैगरि   साक्षात्कारमा बोल्दै डिआइजि नेपालले  भन्सार नाकाबाटै सामान आयात र्नियात गर्नु पर्ने भन्दै अवैध तथा  राजस्व ठगी गरि समान ल्याउने र कालो बजारी गर्नेलाई आफुले नछोड्ने चेतावनी दिनुभयो। यस्तै कुनै पनि आवरणमा हुने अपराधका घटनालाई आफुले नछोड्ने बताउनुभयो। कार्यक्रममा स्वागत मन्तब्य पत्रकार  नारायणी रजौरे सहजीकरण पत्रकार बालाराम खडकाले गर्नुभएको थियो।
 
त्यसैविच  मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक माधबप्रसाद नेपालले मध्यपश्चिम क्षेत्रमा बिपत ब्यबस्थापन सुरक्षा टोली स्थापन हुन लागेको बताउनुभएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आज बिहीबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डिआईजी नेपालले १५ जिल्लामा हुन सक्ने बिपत ब्यबस्थापनका लागि १ सय २५ सदस्यीय बिपत ब्यबस्थापनका लागि सुरक्षाकर्मीको टोली पाई पर्ने स्थानमा राख्ने तयारी भएको जानकारी दिनुभयो ।स्रोत र साधन र जनशक्तीको अभाबमा विपतमा नागरिकले अपेक्षा गरे अनुरुपको सेवा प्रहरीले दिन नसकेको उहाले बताउनुभयो।
 
डिआईजी नेपालले कम्तीमा ६ महिना भित्र सिआईबीको सहयोगमा दाङका सञ्चार उद्यमी देबीप्रसाद धिताल हेमराजको हत्या र बाँकेमा भएका दुईवटा हत्याको घटनाले सफलता पाउने अपेक्षा उहाले गर्नुभयो । उहाले अन्तराष्ट्रियसहयोगमा दाङको भालुवाङ,बिजौरी र चिराघाटमा  सुबिधा सम्पन्न प्रहरी बन्ने जानकारी दिनुभयो । कार्यक्रममा राप्ती अञ्चल प्रहरी प्रमुख प्रेम चन्द र जिल्ला प्रहरी प्रमुख कुवेर कडायत लगायतलेृ बोल्नुभएको थियो। सहजीकरण ईप्रका तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रंसाईले गर्नुभएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ