arrow

औपचारिक कार्यक्रम बिनाको नयाँ वर्ष ११३९  

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
nepal-sambat.jpg

काठमाडौं। नेपाल संवत् ११३९ आजदेखि शुरु भएको छ। नेपाल सम्बत्लाई बिशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर शाख्वाले वि.सं. ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएको हो।

११३९ बर्षअघि राजा राघवदेबको पालामा शाख्वाले गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराएको अभिलेख छ। नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको इतिहासविद् डा त्रिरत्न मानन्धरको भनाइ छ। देशको नामबाट राखिएकाले यो नेपालको मौलिक संवत् भएको संस्कृतिविद् यज्ञमानपति बज्राचार्यको जिकिर छ।

कात्तिक कृष्ण औँशीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा भएकाले आर्थिक बर्षको शुरुवात यही महिनाबाट गर्नुपर्ने संस्कृतिबिद बज्राचार्यको सुझाब छ।

कार्तिक शुक्ल अष्टमीदेखि कलियुगको अन्त्य भएर सत्ययुग शुरु हुने समय पनि यहि हो भन्छन्, संस्कृतिविद बज्राचार्य। घरघरमा नयाँ धान भित्र्याइने समय भएकाले पनि आर्थिक समुद्धि हुने समय भएकाले नयाँ आर्थिक बर्षको शुरुवात यही समयमा गर्न उपयुक्त हुने उनको भनाइ छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।

नेपाल सम्वत्का सबै कार्यक्रम स्थगित
नेपाल सम्बत् ११३९ का अबसरमा बर्षेनी गर्दै आएका कार्यक्रमहरु स्थगित भएका छन। नयाँ बर्षका अबसरमा बिभिन्न संघ संस्थाले भिन्तुना र्‍याली निकाल्ने लयायतका औपचारिक कार्यक्रम राख्थे। मानव अधिकारवादी नेता एवं नेपाल सम्वत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको निधनका कारण औपचारिक कार्यक्रम यसपाली स्थगित गरिएको, नेपाल सम्वत् राष्ट्रिय न्हुँद समारोह समितिले जनाएको छ।

नेपाल सम्बत् राष्ट्रिय न्हुँद समारोह समितिले बसन्तपुर, ललितपुर, ठिमी, टोखा, लगायतका स्थानमा बाजा बजाएर रमाइलो नगर्ने निर्णय गरेको हो। आजका दिन उत्सबका रुपमा नमनाए पनि सामान्य भेला भने आयोजना गरिएको छ। किर्तिपुरमा औपचारिक कार्यक्रम नगरिए पनि, भेटघाट गरी नयाँ वर्ष मनाइँदैछ। मध्यपुर ठिमीमा  पनि शाख्वाको प्रतिमामा माल्यार्पण मात्र गरिएको छ। सा“खुमा पदमरत्न तुलाधरको फोटो सहित नगर परिक्रमा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ