arrow

३ पटक संसर्ग गरे दाम्पत्य जीवन सुखी !

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार

एजेन्सी  । सुखद दाम्पत्य जीवनमा सेक्स र चुम्बनको अहं योगदान रहन्छ । एक शोधका अनुसार आफ्नो वैवाहिक जीवन सुखी बनाउन चाहने दम्पतीले सातामा कम्तिमा तीन पटक सेक्स गर्नुपर्छ ।करिब ३ हजार विवाहित व्यक्तिहरुमा गरिएको सर्वेक्षणले दाम्पत्य जीवन सुखी बनाउन दिनमा कम्तिामा ४ पटक आफ्नी पत्नी या आफ्नो पतिलाई चुम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
 
 त्यस्तै वैवाहिक जीवन सुमधुर बनाउन दैनिक कम्तिमा एक पटक आफ्नो पत्नी या आफ्नो पतिलाई ‘आइ लभ यु’ भन्न जरुरी छ । यस्तै सर्वेक्षणले यो कुरा पनि उजागर गरेको छ कि आफ्नो ‘पार्टनर’लाई दिनमा कम्तिमा ३ पटक अंगालो मार्नुपर्छ ।

यस बाहेक दाम्पत्य जीवन सुखी बनाउन महिनामा कम्तिामा दुई पटक आफ्नो पार्टनरसँग ‘रोमान्टिक डिनर’ गर्नुपर्ने उक्त सर्वेक्षणले देखाएको छ । दाम्पत्य जोडीले यी कुराहरु ब्यवहारमा लागू गर्दा वैवाहिक जीवन र पार्टनर खुशी हुने तथ्य शोधले उजागर गरेको छ ।
 
उक्त सर्वेक्षणमा सहभागी ३ हजार व्यक्तिको उमेर ३१ देखि ३२ वर्षको बीचमा थियो भने उनीहरुको विवाह भएको २ देखि ३ वर्ष भएको थियो । त्यसै पनि सेक्सलाई दुई शरीरको मिलन मात्र होइन, दुई आत्माकै मिलन पनि भन्ने गरिन्छ ।

उक्त सर्वेक्षणका अनुसार सेक्स गर्दा मानिसको शरीरमा केही यस्तो ‘केमिकल’ बन्न जान्छ, जुन सेक्सकै समयमा शरीरमा सञ्चार हुन्छ । यस्तै, चुम्बन र पार्टनरलाई अंगालो मार्दा एक अलग किसिमको खुशी उत्पन्न हुन्छ, जसले दाम्पत्य जीवनमा नयाँ उमंग पैदा गर्छ । यसले दाम्पत्य जोडीमा कुनै तनाव उत्पन्न हुँदैन र शरीर पनि स्वस्थ्य रहन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ