arrow

मेसीका फ्यान भन्दै सनसनी मच्चाउने को हुन् यी पाँच वर्षीय बालक ?

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
messi-FNL-@@.jpg.jpeg
एजेन्सी । अर्जेन्टाइनी स्टार एवं बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसीको १० नम्बर जर्सी एक पाँच वर्षीय बालकले लगाएको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । जर्सी मेसीले नै हस्ताक्षर गरेर दिएको भन्दै फोटोको चर्चा भएको छ । जर्सीमा मेसीको दुई वटा हस्ताक्षर छ । ती पाँच वर्षीय फुटबल फ्यान हुन् मुर्तजा अहमदी । यसअघि, उनले पोलिथन ब्यागमा मेसीको नाम लेखेर जर्सी लगाएका थिए । जुन तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो । अब उनले मेसीको खास १० नम्बर जर्सी पाएका छन् । 
 
मुर्तजाका बुबा आरिफ अहमदीले मेसीले अटोग्राफ गरेको जर्सी युनिसेफकर्मीमार्फत प्राप्त भएको सीएनएनले उल्लेख गरेको छ ।  सीएनएनलाई उदृत गर्दै यसबारे कयौं अन्तर्राष्ट्रि अनलाईनले समाचार बनाएका छन् । आरिफले भनेका छन्, ‘यो पाँच वर्षको उमेरमा जीवनको सबै भन्दा खुसीको क्षण हो ।’ 
 
यसअघि, यसै महिना अफगान फुटबल फेडरेशनले च्यारिटेबल वर्षको अवसरमा मेसी र मुर्तजाबीच भेट गर्ने एक बैठकको आयोजना गर्ने प्रयास गरको सीएनएनले उल्लेख गरेको छ । मेसी पाँच पटक विश्व फुटबलको सर्वोत्कृष्ठ खेलाडी बनिसकेका छन् । दक्षिण पश्चिम कावुलबाट पाँच वर्षीय मुर्तजाले मेसीलाई ‘म मेसीलाई माया गर्छु,,,, म मेसीलाई धेरै माया गर्छु’ भनेका छन् । "I love Messi -- I love him very much," उनी जागहोरीमा परिवारसंग बस्दछन् ।  
   
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ