arrow

कर्मचारीको बिरोधपछि गुगलले गर्‍यो कम्पनीको नीतिमा परिवर्तन

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
google1.jpg

काठमाडौं ।  गुगलले यौन दुर्व्यवहारको बिषयमा कम्पनीको नीति परिवर्तन गरेको छ । नयाँ नियम अनुसार यौन दुर्व्यवहारमा कम्पनीको मध्यस्थता जरूरी हुने छैन । तर, त्यो पिडितको इच्छामा निर्भर हुनेछ । अब कर्मचारीले चाहे भने सिधै अदालत जान पाउने छन्।

गुगलका सीईओ सुन्दर पिचाईले बिहिबार कर्मचारीहरुलाई एक ईमेल पठाए। पिचाईले यौन दुर्व्यवहारको बारेमा कर्मचारीहरुबाट प्रतिक्रिया आएको बताए ।

यौन दुर्व्यवहारको बारेमा अब गुगलले कर्मचारिहरुलाई ज्यादा जानकारी दिनेछ । सबै विभागमा यौन दुर्व्यवहारका बारे के कति बिषय आए र के कारबाही भयो सो सम्बन्धि पनि अब गुगलले कर्मचारीलाई बताउनेछ ।

यौन दुर्व्यवहारमा कमि ल्याउन गुगलले प्रत्येक बर्ष कर्मचारिहरुलाई तालिम दिनेछ । पहिलो तालिम एक बर्ष भित्र सम्पन्न भइ सक्ने कम्पनीले जनाएको छ ।

यसअघि गुगलका कर्मचारीहरुले महिलाहरुमाथिको दुर्व्यवहारमा कम्पनीको कदमको विरोध गर्दै काम रोकेका थिए ।  एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टम निर्माता एन्डी रुबिनलाई यौन दुर्व्यवहारको मुद्दा लागेपछि राजीनामा दिएका थिए ।

 रुबिनमाथि दुर्व्यवहारको मुद्दा लागेकोमा पनि कम्पनीले उनलाई रकम दिइरहेको विषयलाई लिएर कर्मचारीहरु आक्रोशित बन्न पुगेका थिए ।  गुगलमा यौन दुर्व्यवहारको मुद्दामा ४८ कर्मचारीहरुलाई कुनै पनि भुक्तानी नदिइकन बिदा गरिएको कम्पनीका सीईओ पिचाईले बताए ।

  गुगलका कर्मचारीहरुले यौन दुर्व्यवहार, पारदर्शिताको अभाव र सबैका लागि कार्यालय काम गर्ने क्षेत्र बन्न नसकेकोको कुराहरुको विरोध गर्दै नियमित काममा नरहेको भन्ने नोट आफ्नो कार्यस्थलमा छाडेका थिए ।

उनीहरुले कम्पनीले यौन दुर्व्यवहारको विवरणहरु सार्वजनिक गर्नुपर्ने बताएका थिए । विभिन्न समयमा गुगलका कर्मचारीहरले कम्पनीको निर्णयको विरुद्धमा आवाज उठाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ