arrow

‘ठग्स अफ हिन्दोस्तान’ ले तोड्यो शाहरुखको कीर्तिमान, हलमा लागेकै दिन कमायो ५२ करोड

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
saharukh1.jpg

काठमाडौं ।  बलिउडका हस्ती अमिताभ बच्चन र आमिर खान अभिनित ठुलो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले बक्स अफिसमा शानदार व्यापार गरेको छ । चलचित्रले पहिलो दिन मै ५२ करोड भारतीय रुपैयाँको कमाइ गरेर  रेकर्ड तोडेको छ ।

सोको जानकारी व्यापार विश्लेषक तरण आदर्शले ट्विटरमा दिएका छन् । उनले ट्विटरमा लेखेका छन् ,'‘ठग्स अफ हिन्दोस्तान’ ले सबै रेकर्ड तोडिदियो ।  दिपावलीको बिदा र विभिन्न कारणले गर्दा चलचित्रको कलेक्शन पहिलो दिन उत्तम रह्यो। चलचित्रले हिन्दी भर्जनमा ५०.७५  करोड कलेक्शन गर्‍यो भने तमिल र तेलुगू भर्जनमा करिब १.७५ करोड रुपैयाँ बटुल्न सफल भयो । यसरी चलचित्रले भारतमा ५२ करोड रुपैयाँ कलेक्शनको रेकर्ड बनायो ।'

दिपावलीमा  रिलिज भएर  ५२ करोड कलेक्शन गर्ने  ‘ठग्स अफ हिन्दोस्तान’ पहिलो बलिउड चलचित्र हो । साथै यशराज व्यानरमा पनि चलचित्र लागेकै दिन सर्वाधिक कमाई गर्ने पहिलो चलचित्र हो । त्यस्तै ‘ठग्स अफ हिन्दोस्तान’ भन्दा पहिले कुनै पनि हिन्दि चलचित्रले एक दिनमा ५०.७५ करोडको कमाइ गरेको थिएन। यसरी चलचित्रले पहिलो दिन तीन रेकर्ड बनाउन सफल भएको छ।

चलचित्र लागेकै दिन सर्वाधिक कमाई गरेको कीर्तिमान अहिलेसम्म शाहरुख खानको नाममा रहेको थियो । शाहरुखको चलचित्र 'हैप्पी न्यू ईयर'ले ४४.९७ करोड कमाएको थियो । दोस्रो नम्बरमा साउथ सुपरस्टार प्रभासको चलचित्र 'बाहुबली द कन्क्लूजन'को नाम रहेको थियो । जसले ४१ करोडको कारोबार गरेको थियो ।

चलचित्रको कथा एक अङ्ग्रेजी उपन्यासकारको उपन्यासमा आधारित रहेको छ । सो चलचित्रमा सन् १७९५ को घटना देखाइएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ भारतमा २०१८ को निकै आशा गरिएको फिल्म हो । चलचित्रमा आमिर खान, अमिताभ बच्चन, कटरिना कैफ, लायड ओवेन, फातिमा सना शेख मुख्य भुमिकामा रहेका छन् । चलचित्र निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । चलचित्र  ३ सय करोडको बजेटमा बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ