arrow

अमिताभ र आमिरको रेकर्ड

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
thugs-of-hindostan.jpg

काठमाडौं ।  बलिउडका हस्ती अमिताभ बच्चन र आमिर खान अभिनित ठुलो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले बक्स अफिसमा शानदार व्यापार गरेको छ । चलचित्रले पहिलो दिन मै ५२ करोड भारतीय रुपैयाँको कमाइ गरेर  रेकर्ड तोडेको छ ।

सोको जानकारी व्यापार विश्लेषक तरण आदर्शले ट्विटरमा दिएका छन् । उनले ट्विटरमा लेखेका छन् ,'‘ठग्स अफ हिन्दोस्तान’ ले सबै रेकर्ड तोडि दियो ।  दिपावालीको बिदा र विभिन्न कारणले गर्दा चलचित्रको कलेक्शन पहलो दिन उत्तम रह्यो। चलचित्रले हिन्दी भर्जनमा ५०.७५  करोड कलेक्शन गर्‍यो भने तमिल र तेलुगू भर्जनमा करिब १.७५ करोड रुपैयाँ बटुल्न सफल भयो । यसरी चलचित्रले भारतमा ५२ करोड रुपएयाँ कलेक्शनको रेकर्ड बनायो ।'

दिपावलीमा  रिलिज भएर  ५२ करोड कलेक्शन गर्ने  ‘ठग्स अफ हिन्दोस्तान’ पहिलो बलिउड चलचित्र हो । साथै यशराज व्यानरमा पनि  चलचित्र लागेकै दिन सर्वाधिक कमाई गर्ने पहिलो चलचित्र हो । त्यस्तै ‘ठग्स अफ हिन्दोस्तान’ भन्दा पहिले कुनै पनि हिन्दि चलचित्रले एक दिनमा ५०.७५ करोडको कमाइ गरेको थिएन। यसरी चलचित्रले पहिलो दिन तीन रेकर्ड बनाउन सफल भएको छ ।

चलचित्र लागेकै दिन सर्वाधिक कमाई गरेको कीर्तिमान अहिलेसम्म शाहरुख खानको नाममा रहेको थियो । शाहरुखको चलचित्र 'हैप्पी न्यू ईयर'ले ४४.९७ करोड कमाएको थियो । दोस्रो नम्बरमा  साउथ सुपरस्टार प्रभासको चलचित्र 'बाहुबली द कन्क्लूजन'को नाम रहेको थियो । जसले ४१ करोडको कारोबार गरेको थियो ।

चलचित्रको कथा एक अङ्ग्रेजी उपन्यासकारको उपन्यासमा आधारित रहेको छ । सो चलचित्रमा सन् १७९५ को घटना देखाइएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ भारतमा २०१८ को निकै आशा गरिएको फिल्म हो । चलचित्रमामा आमिर खान, अमिताभ बच्चन कटरिना कैफ, लायड ओवेन, फातिमा सना शेख मुख्य भुमिकामा रहेका छन् । चलचित्र निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । चलचित्रको  ३ सय करोडको बजेटमा बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ