arrow

दुवै हात प्रत्यारोपण गरिएकाको रहर, फेरि रक्सीको बोतल समात्ने

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
transplant.jpg.jpeg
काठमाडौं । बेलायतको एक बिरामीको दुवै हात प्रत्यारोपण गरिएको छ उनको रहर छ फेरि बियरको बोतल समाउने र मोटरसाइकल चलाउने । तीन वर्षअघि भयानक दुर्घटनामा परेर दुवै हात गुमाएका ५७ वर्षीय बेलायती नागरिक क्रिस किङ्को दुवै हात प्रत्यारोपण गरिएको थियो ।
 
उनी दुवै हात प्रत्यारोपण गर्ने बेलायतका पहिलो बिरामी हुन् । लिड्मा उनको शल्यक्रिया भएको थियो । उनले शल्यक्रिया सफल भएसंगै आफूलाई खुसी लागेको र पूर्ण भएको प्रतिक्रिया दिए । 
 
विश्वमा अहिलेसम्म धेरै हात प्रत्यारोपण गरिसकिएको छ । शल्यक्रियाले उत्साही क्रिसले आफैले बियरको बोतल समाउने, आफै आफ्नो सर्ट लगाउने र शानका साथ मोटरसाइकल चलाएर देखाउने चाहना राखेका थिए।
 
उनी हात प्रत्यारोपण गर्ने दोस्रो बेलायती पनि बने। उनको भन्दा पहिला सन् २०१२ मा एक बेलायती पबका मालिक मार्क काहिलको हात प्रत्यारोपण भएको थियो ।  दुवै बिरामीको शल्यक्रिया सर्जन सिमोन केले गरेका हुन् । (डेलीमेलबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ