arrow

दालचिनि-जैतुन एक फाइदा अनेक

logo
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
dalchini-gaitun1.jpg

एजेन्सी । दालचिनि र जैतुनका धेरै फाइदाहरु रहेका छन् । त्यस मध्ये एक शीध्रपतनको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।  शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट  बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन ।

 यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन(ओलिभ) को तेल प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै तपाई चरम यौन सन्तुष्टि लिन सक्नुहुनेछ ।
 
प्रयोग गर्ने तरिका
 
 १० ग्राम दालचीनीको तेल र ३० ग्राम जैतुनको तेललाई शिशाको शिशिमा मिसाएर राख्नुहोस् । यसरी मिसाइएको तेललाई सम्भोग गर्नु पुर्व  हातले लिङ्गमा मसाज गर्नुहोस् । केहि समयको मसाजपछि सम्भोग गर्नुहोस् । तपाईको सम्भोग क्षमता कयौ गुणा बढ्नेछ ।
 
ध्यान दिनुपर्नै बिषय
सम्भोग क्षमता बढाउनलाई बाहिरि पदार्थ मात्र नभएर व्यक्तिको शरिरमा पनि प्रयाप्त वीर्य हुन आवश्यक पर्दछ । जसको लागि सो व्याक्तिले अश्लिल चलचित्र र साहित्य  पढ्नुहुदैन जसको कारण विर्य नाश होस् ।

साथै तपाई आफ्नो खानेकुरामा पनि ध्यान दिनुहोस् । जसबाट शरिरमा पर्याप्त मात्रमा विर्य बनोस् । यस मध्ये केहि खानेकुरा छन् जसलाई तपाई खानेकुरामा समावेश गर्नुपर्दछ ।   
 
यी १० खानेकुराले पुरुषको प्रजनन र यौन क्षमता बृद्धि गर्छ ।

 लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजजन क्षमता बढाउन धेरै मद्दत गर्छ ।
 
अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि बृद्धि गर्छ ।
 
केराः केराममा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।
 
 पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।
 
खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।
 
गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।
 
तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ ।
 
भिटामिन ‘सी’युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।
 
स्याउः स्याउको सेवनले पनि पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ ।

 काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ । -एजेन्सीको सहयोगमा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ