arrow

किशोर किशोरीको प्रेमको म्याद १४ महिना मात्रै : सर्वेक्षण

logo
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
teens.JPG

काठमाडौँ। नेपालमा गरिएको एक सर्वेक्षणले किशोर किशोरीले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको देखाएको छ । किशोर किशोरीले प्रेम मनोरञ्जनका लागि गरेको तर किशोर किशोरीहरु प्रेम विवाहमै आकर्षित भएको सर्वेक्षणले देखाएको छ। प्रेम विवाहमा ७२ र मागी विवाहमा ५३ प्रतिशत आकर्षित भएको सर्वेक्षणले देखाएको छ।

विवाह नगरी सँगै जीवनयापन गर्ने प्रतिबद्ध भएका किशोर किशोरी तथा युवाको प्रतिशत १५  देखिएको छ। प्रेम भनेको  एक अर्कालाई गरिने माया हो भन्ने कुरा सानै उमेरदेखि जानकारी लिएको अन्तर्वार्तामा सहभागीहरुले उत्तर दिएका थिए।  तर १७ वर्ष नभई प्रेम नगरेको सर्वेक्षणले देखाएको छ।

एकजना किशोर किशोरी तथा युवाले लगभग दुईजनासँग प्रेम गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ। ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत युवती अविवाहित रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले पहिलो बच्चा जन्माउँदा महिलाको औसत उमेर १९ वर्ष देखाएको छ।

सर्वेक्षणका अनुसार पहिलोपटक महिनावारी पछि चार प्रतिशत युवतीहरु गर्भवती भएका छन् भने घरबाट टाढा छाप्रो, अँध्यारो कोठा सात प्रतिशत र ३० प्रतिशतले अलग्गै कोठामा राखिएको देखिएको छ। यस्तै ९२ प्रतिशत किशोर किशोरी तथा युवालाई एचआईभीका बारेमा जानकारी भएको, ७१ प्रतिशतलाई निःशुल्क स्वास्थ्य सेवाबारे जानकारी भएको सर्वेक्षणमा देखिएको छ।

सर्वेक्षण देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी करिब नौ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जनामा गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ