arrow

एमाओवादी संगठन विस्तार अभियानमा

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
Communist-Party-of-Nepal.png.png
डोटी । एकीकृत माओवादीे डोटीले कार्यकर्ता भेटघाट तथा संगठन सुदृढिकरण अभियान सुरु गरेको छ । जिल्लामा पार्टी संगठनका गतिविधी सुस्ताएको र सर्मथकलाई पनि संगठित गर्न नसकिएको निश्कर्ष निकाल्दै एमाओवादी डोटीले एक महिने गाउँ अभियान सुरु गरेको हो । जनयुद्ध दिवसको अवसर पारेर सुरु भएको एक महिने गाउँ अभियान अन्तर्गत जिल्लाका ५० वटै गाविसमा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार तथा आम नागरिक संग भेट गर्ने कार्यक्रम रहेको एमाओवादी डोटी अध्यक्ष त्रिलोचन भट्टले जानकारी दिए । 
 
जिल्लाका ५० गाविस र एक गाविसमा चल्ने अभियानको निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष त्रिलोचन भट्ट र  निर्वाचन क्षेत्र नम्बर २ मा डोटी इन्चार्ज सिद्धराज भाटको नेतृत्वमा टोली परिचालन हुने एमाओवादी डोटीले जनाएको छ । संगठन विस्तार अभियान अन्र्तगत इलाका नम्बर ११ का सवै गाविस र इलाका नम्बर १० का रानागाऊ, भूमिराजमाण्डौ र दुर्गामाण्डौ गाविसमा कार्यक्रम भइसकेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा अभियान केही दिनभित्रै सुरु हुने अध्यक्ष त्रिलोचन भट्टले बताए ।
 
पार्टीको केन्द्रिय नीती बमोजिम संगठन पुनःजागरण सँगै संविधानका मूलभूत अन्र्तवस्तुकाबारेमा जानकारी दिन गाउँगाउ सम्म पुगेको एमाओवादी डोटीका इन्चार्ज सिद्धराज भाटले बताए । उनले भने “ पार्टी संगठन विस्तार र गाउँ अभियानका साथै एमाओवादीको विशेष पहलमा आएको नेपालको संबिधान भित्र रहेका अन्र्तवस्तुमा जानकारी दिने पनि हाम्रो कार्यक्रम छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ