arrow

विद्युत्भार कटौती कम गर्ने तयारीमा प्राधिकरण

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
bulb-by-mynewslinx.blogspotdotcom.jpg.jpeg
काठमाडौँ। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् थप भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीलाई एकाध घन्टा घटाउने तयारी गरेको छ । नदीमा जलप्रवाह घटेको र सञ्चालनमा रहेका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न समस्या भइरहेका कारण कति घन्टा विद्युत्भार कटौती गर्ने भन्ने विषयमा भने आवश्यक निर्णय गर्न अझै केही दिन लाग्ने देखिएको छ । 
 
भारतबाट थप विद्युत् आयात भएका सन्दर्भमा नागरिक र सरोकार भएका निकायले कटौती अन्त्य गर्न आग्रह गरिरहेका बेला प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले भने यति नै घन्टा कटौती गर्न भने अझै केही समय लाग्ने बताए । 
 
प्राधिकरणले अनौपचारिक रुपमा दुई घन्टा कटौती कम गर्ने तयारी भए पनि नदीमा जलप्रवाह कम भएका कारण घोषणा गर्न भने समस्या भएको प्रमुख खत्रीको भनाइ छ । हाल आन्तरिक रुपमा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । 
 
भारतबाट पहिले नै आयात भइरहेको २३५ मेगावाट र फागुन ४ गतेदेखि ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालमा विद्युत्को माग भने एक हजार ३४० मेगावाट छ । मागअनुसार आपूर्ति हुन नसक्दा प्राधिकरणले कटौतीलाई कम गर्न सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तत्काल कटौतीको समय घटाउन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ