arrow

चिनियाँ राजदुत यु होङ र मुख्यमन्त्रीबीच भेट, चीनको लगानीका बिषयमा छलफल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
china-ambass-pokhrel-cm.jpg

बुटवल। मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गरेका छन्। भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ। मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताए।

उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवादन व्यक्त गरे। उनले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे।

राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताइन्। लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरिन्।

उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराइन्। साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिइन्। राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा समेत गरेकि थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ