arrow

‘सरकारले कमिशनको चक्करमा बुढीगण्डकी असफल चिनियाँ कम्पनीलाई दियो’

सरकारलाई दिएको समर्थन समाप्त भैसक्यो, अब जुनसुकै बेला समर्थन फिर्ता लिएको सानो सूचना दिन्छौं : मनिष सुमन

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
budigandaki-hydro.jpg.jpeg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘सरकारले अब गति लिन्छ। यसमा कुनै शंका छैन्। वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो। अब पनि सफल हुनुहुन्छ। तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भएको छैन्।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए। उनले भने,‘अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ।’

आयोजित साक्षात्कारमा उनले वर्तमान सरकारले काम गर्न सकेन, असफल भयो, अब अर्के गठबन्धनको सरकार बनाउनुपर्छ, काठमाडौं उपत्यकाका खाल्डाखुल्डीहरु पुर्नसमेत सकेको छैन भनेर चर्चा तथा परिचर्चा भैरहेको सुनाए। 

उनले थपे,‘यो सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले छैन्। सरकारको कामको बारेमा आंशिक समिक्षा गर्न सकिन्छ, तर पूर्ण समिक्षा गर्ने अवस्था अहिले होईन्। सरकार गठन भएको एक वर्षपनि पुगेको छैन्। यो सरकारसामू ठूला–ठूला अवसरहरु छन्। सरकारसँग दुई तिहाई बहुमत छ। र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ।’

सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको उनले स्पष्ट पारे। रायमाझीले भने,‘सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ। कुनै अवरोध छैन्। बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ। आलोचना र विरोध गर्न अझै पुगेको छैन्। सरकारलाई जागरुक गर्नुपर्ने, उठाउनुपर्ने विषय अझै जोडतोडका साथ उठाउनुपर्छ। प्रतिपक्षीको भूमिका अझै पुगेको छैन भन्ने मेरो ठम्याई छ।’

मुलुक यतिवेला एउटा युगबाट अर्को युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने,‘हामी नयाँ युगमा प्रवेश गरेका छौं। तर, हाम्रो सोच र चिन्तन भने अझैपनि पूरानै छ। विकास र समृद्धिप्रति हाम्रो सोच अब परिवर्तनशील हुनुपर्छ। पूरानै सोच, चिन्तन र शैलीबाट विकास र समृद्धि हुँदैन्। अब हामी रुपान्तरण हुनुपर्छ।’ विश्वका कुनैपनि देश रातारात समृद्ध नभएको सुनाउँदै उनले मुलुकको समृद्धिको लागि सबैले एक साथ आफ्ना कदमहरु अघि बढाउनुपर्ने धारणा राखे। 

खाल्डाखुल्डीहरु त यो सरकार आउनुभन्दा पहिलापनि भएको उनले जिकिर गरे। उनले भने,‘यसअघिका सरकारको पालामा पनि खाल्डाखुल्डीहरु थिए। अब खाल्डाखुल्डीहरु क्रमशः पुर्ने काम अघि बढ्छ। एक वर्षभित्र सबै खाल्डाखुल्डीहरु पुरिन्छन्। ५ वर्षभित्र रेल आउने आधार बन्ने उनको भनाई छ। उनले भने,‘सडक सञ्जालमात्रै होईन, अब रेल सञ्जालले पनि नेपाललाई जोड्छ।’ 

फरक प्रसँगमा उनले नेकपाभित्रको एकता अब चाँडै सम्पन्न हुने पनि विश्वास दिलाए। उनले भने,‘पार्टी मुख्य कुरा विचार र नीतिले चलाउनुपर्छ। नेता केन्द्रित हुनुहुँदैन्। नेकपामा मात्रै होईन, सबै पार्टी नीति र विचारले चल्नुपर्छ।’ उनले छठपछि जनवर्गीय र पेशागत संगठनहरुको एकता सम्पन्न हुने दाबी गरे। तर, पोलिटव्यूरो, प्रदेशस्तरीय र जिल्ला तहमा भने केही समय लाग्ने उनले जनाए। 

अहिले राष्ट्रिय सहमतिको सरकारको चर्चा गर्नु नै गलत भएको उनको तर्क छ। उनले भने,‘प्रतिपक्षी दलले समेत राष्ट्रिय सहमतिको सरकार अस्विकार गरेको अवस्थामा कहाँबाट आयो यो कुरा ? यो सरकारलाई सफल बनाउनुपर्छ। यसको विकल्प छैन्। दुई तिहाईको सरकारले मुलुकमा विकास र समृद्धि दिन्छ। यदि यो सरकार असफल भयो भने सिँगो राष्ट्र नै असफल हुन्छ। यो सरकारसँग हामीपनि जोडिएका छौं। हामी मन्त्री भएपनि नभएपनि सरकारलाई सफल बनाउनुपर्छ। यो प्रणालीलाई बचाउनुपर्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरेका छन्। उनले भने,‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो। तर, अहिले सरकारले काम गर्न सकेन्। यो सरकारको आयु पाँच वर्षको छ। तर, यसले स्थायी सरकारको गतिविधि देखाउन सकेको छैन्। यसको गति कछुवाकोजस्तो छ। न हाँसको चाल, न बकुल्लाको चाल नै भयो।’

सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने योजनाहरु सार्वजनिक गरेपनि यी सबै कुराहरु दीर्घकालिन योजना भएकोले अहिले सरकारले त्यतातिर भन्दापनि जनतालाई महँगीबाट बचाउनुपर्ने आवश्यकत्ता रहेको नेता श्रेष्ठको भनाई छ। 

उनले भने,‘यहाँ गाडी चढेर हिँड्न अप्ठ्यारो छ। काठमाडौंका सडकहरु अव्यवस्थित् छन्। यीनीहरुको व्यवस्थापन गर्नुपर्छ। अन्र्राष्ट्रिय सम्मेलनहरु हुँदा रातारात सडहरु पीच भएका छन्। तर, अहिले आएर पैसा छैन भन्न यो सरकारलाई सुहाउँछ ? औषधोपचारको लागि पैसा हुने तर सडक बनाउन पैसा हुँदैन्।’

श्रेष्ठले वर्तमान सरकारले जनतालाई दिउँसै रात पार्ने खालका भाषाहरु प्रयोग गरिरहेको आरोप लगाए। उनले भने,‘प्रधानमन्त्री र मन्त्रीहरुले दिउँसै जनतालाई रात पार्ने भाषाहरु बोलिरहेका छन्। यत्रो शक्तिशाली दुई तिहाईको बहुमतको सरकार छ। कांग्रेसले पनि काम गर्न विरोध गरेको छैन्। सरकारलाई राम्रो काम गर्न कुनै अवरोध छैन्। वर्तमान सरकार किन धिमा गतिमा चलेको छ ? मैले बुझ्न सकेको छैन्।’ 

वर्तमान कम्युनिष्ट सरकार यतिवेला अन्यौलपूर्ण अवस्थामा रहेको उनको आरोप छ। उनले भने,‘अगाडि बढ्नुपर्ने बेलामा यो सरकारको गति पछाडि फर्केको छ। यो सरकार आफ्नो हातमा सम्पूर्ण शक्ति जम्मा गर्न उद्धत छ। आफ्नो हातमा शक्ति लिएर प्रतिपक्षीलगायत अन्य सरकारविरोधी शक्तिहरु पत्रकार, वकिल र बुद्धिजीवीहरुलाई आफ्नो कुरा राख्नै नपाउनेगरि विभिन्न हत्कण्डा गरिरहेको छ। प्रधानमन्त्रीले आफ्नो हातमा शक्ति आर्जन गर्नुभएको छ। राष्ट्रिय अनुशन्धान विभाग, राजश्व अनुशन्धान 

विभागलगायतका महत्वपूर्ण विभागहरु आफ्नो हातमा लिनुभएको छ। यो सरकार आफ्नो विरोध गर्नेहरुलाई दमन गर्नमै सिमति रहेको छ।’ दुई तिहाईको सरकार भएपनि यसले संघीयता कार्यान्वयन गर्न र प्रदेश सरकारलाई मजबुद बनाउने काम नगरेको उनको आरोप छ। उनले भने,‘संघीयता कार्यान्वयन गर्नतर्फ यो सरकार गम्भिर छैन्। बरु आफ्नो दायित्वबाट पछाडि फर्केको छ। स्थानीय सरकारले पनि मनलाग्दी कर लिएर जनतालाई बोझ दिएको छ। अहिलेपनि जग्गा रजिष्ट्रेशन गर्ने कुरामा विवाद छ। शुल्क उठाउने कुरामा विवाद कायमै छ। तर यी सबै समस्याहरुको समाधान गर्नतर्फ सरकार गम्भिर दखिएन्।’

सरकारले अहिलेसम्म राष्ट्रिय प्राकृति स्रोत तथा वित्तिय आयोग गठन नगरेकोमा पनि उनले आक्रोश पोखे। श्रेष्ठले वर्तमान सरकार संघीयतालाई नै असफल पार्ने खेलमा लागेको गम्भिर आरोप लगाए। काम गर्ने शक्ति र वातावरण हुँदाहुँदैपनि वर्तमान प्रधानमन्त्रीले काम नै गर्न नचाहेको उनले आरोप लगाए। 

फरक प्रसँगमा उनले अहिले राष्ट्रिय सहमतिको सरकारको आवश्यकत्ता नै नरहेको जिकिर गरे। उनले भने,‘वामदेवजीले किन यो कुरा उठाउनुभयो ? हामीले बुझेको छैन्। तर, यो राम्रो कुरा होईन्। समृद्धि हाँसिल गर्न यो उपर्युक्त बेला हो। यस्तो बेलामा फेरी विभिन्न बखेडा झिक्नुहुँदैन्। यो सरकार दुई तिहाईको सरकार हो। यो आँफैमा झण्डै झण्डै सहमतिको सरकार नै हो। त्यसैले अहिले सहमतिको सरकारको कुरा गरेर राजनीतिक विवादमा अल्झिने बेला होईन्। राष्ट्रिय सहमतिको सरकारको आवश्यक नै छैन्। कांग्रेस सरकारमा जाँदैन्।’

उनले वर्तमान सरकारले हतार–हतार गरेर कमिशनको चक्करमा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिएको भन्दै कडा विरोध जनाए। यो परियोजना जनताकै सहभागितामा बनाउनुपर्छ भनेर हामी भन्दै आएका छौं। यो नेपालको आफ्नै स्रोत र साधनले बनाउनुपर्छ। तर, एकाएक यो सरकारले असफल कम्पनी गेजुवालाई बनाउन दिने निर्णय गरेको छ। यो सबै कमिशनको खेल हो। सरकराको यो कदमले अब बुढीगण्डकी नबन्ने हो कि भनेर हामीलाई शंका लागेको छ। जनतालाई राष्ट्रिय गौरवको आयोजनमा सहभागि हुनबाट बञ्चित गर्नुले यो सरकार अराष्ट्रिय हो की भन्ने प्रष्ट हुन्छ।’

राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले यो सरकार संघीयताविरोधी रहेको आरोप लगाएका छन्। उनले सरकार पूर्ण रुपमा असफल भैसकेको बताए। उनले भने,‘अहिलेसम्म अन्तरप्रदेश परिषदको बैठक बस्न सकेको छैन्। मुख्यमन्त्रीहरु एक ठाउँमा भेला भएर चिया पिउनुभयो भने केन्द्र सरकारको कुर्सी हल्लिन्छ।’

संघीय कानुन बनाउनुपर्ने बेलामा केन्द्र सरकारले नेपाल प्रहरीलाई निर्देशानात्मक आदेश दिएको भन्दै उनले सरकारको कडा विरोध गरे। ‘यो देशको कर्मचारीतन्त्र संघीयताविरोधी छ’–सुमनले भने,‘अहिले २ नम्बर प्रदेशलाई २५ सय कर्मचारी चाहिएको छ। तर, अहिलेसम्म तीन सयपनि कर्मचारी पुगेका छैनन्। यसो गर्नु भनेको केन्द्र सरकारको प्रदेश सरकारलाई विफल पार्ने कुत्सित मनशाय हो।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन नाघिसक्दापनि सरकारले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको असफलता सुनाए। उनले भने,‘यत्रो दुई तिहाई बुहमतको सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीले यसरी निरिहता प्रकट गर्नुहुँदैन्। रारा तालको हावा खाएरमात्रै देश चल्दैन्।’

आफूहरुले सरकारलाई दिएको समर्थन समाप्त भैसकेकोजस्तै भएको बताउँदै अब बस्ने पार्टीको जुनसुकै बैठकले समर्थन फिर्ता लिएको सानो सूचना दिने पनि उनले जनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ