arrow

काँग्रेसलाई असान्दर्भिक हुनबाट बचाउन पनि विधान संशाेधनः तारानाथ दाहाल(भिडियो)

काँग्रेसलाई कम्युनिष्ट पार्टीजस्तो सदस्यतामा आधारित बनाउन हुन्न

logo
माधव चम्लागाई।
प्रकाशित २०७२ फागुन १३ बिहिबार
taranath-dahal.jpg.jpeg
 काठमाडौ। नेपाली काँग्रेसको १३ औ महाधिवेशनको मिति नजिकिदै गर्दा नीति र कार्यक्रम भन्दा नेतृत्वमा कसले बाजी मार्ला भनेर होडबाजी देखिदैछ। बैचारिक रुपमा नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्नेमा नेतृत्व चयनको चर्चाले सबै कुरा अपहरणमा परेको छ। नेपाल पत्रकार महासंघका पूर्व सभापति समे्त रहेका काँग्रेस नेता तारानाथ दाहाल भन्छन 'यो अवस्था भनेको बैचारीक रुपमा टाट पल्टाइको अवस्था हो।'
 
नेपाली काँग्रेसको १३औं महाधिवे्शनको सन्दर्भमा हाम्राकुरा डटकमसँग कुरा गर्दै दाहालले वैचारिक रुपमा टाट पल्टिएको पार्टीमा वैचारिक वहश चलाउन पनि हस्तक्षेपकारी भुमिका निर्वाह गर्नेहरु आउन जरुरी छ। पार्टीमा वहश र संवादको संस्कृतीलाई संस्थागत गर्न पनि हामीहरु नेतृत्वमा पुग्न जरुरी छ। 
 
नेपाली काँग्रेसको अगुवाईमा नयाँ संबिधान बनेपछि देश संघिय ढाँचामा गएको छ। तर काँग्रेसको बिधान वीपी कोइरालाले बनाएको २०१५ सालको देशको प्रसासनीक ढाँचामा छ। नयाँ ढाँचा अनुसार नजाने हो भने महाधिवेशन गरेको केहि महिनापछि यो पनि असान्दर्भिक हुन्छ। यस महाधिवशेनलाई पाँच बर्षमा आउने नियमीत प्रक्रियाको रुपमा मात्र नहेरिकन राजनैतिक रुपमा देशले गरेको ऐतिहासिक परिर्वतनलाई आत्मसाथ गर्दै भबिष्यलाई समेत डोर्याउन सक्ने गरी बिधान संसोधन गर्नुपर्ने दाहालले बताए। 
 
१३ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदका आंकाक्षी समेत रहेका दाहालले राजनैतिक नेतृत्वले गुटलाई मिलाउन मात्र बिधान संसोधन गरी पदाधिकारी थप्ने र घटाउने सोचेका हुन भने यो दुर्भाग्य हुने चेतावनी दिए। अवको नेतृत्व बैचारिक रुपमा सक्षम, गतिशील, समयको चुनौतीलाई बुझ्न सक्ने हुनुपर्छ भन्ने उनले भने।  
 
प्रजातान्त्रिक पार्टीमा लेयरमा आधारित सदस्यता रहनुहुन्न यसलाई खारेज गर्नुपर्छ। काँग्रेसजस्तो मासवेस पार्टीलाई सदस्यतामा आधारित कम्युनिष्ट पार्टी जस्तो बनाउन नहुने र क्रियाशिल सदस्यता खारेज गर्नुपर्ने केहि यूवा नेताहरुको धारणासँग नजिक देखिएका दाहालले भने 'काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा लेयरमा आधारित सदस्यता रहनुहुन्न यसलाई खारेज गर्नुपर्छ।' 
 
राजनैतिक परिर्वतन पछि स्थानिय इकाइहरुको भौगोलिक सिमाना र निर्वाचन क्षेत्रमा समेत परिर्वतन हुन लागेको उल्लेख गर्दै दाहालले ति सबै विषयलाई सम्वोधन गर्नेगरि पार्टीको विधान संसोधन हुनुपर्ने बताए। यसका लागि पार्टीमा कुनै पनि पक्षले जुगाको लडाइ गर्न नहुने दाहालको भनाई छ। उनले थपे अहिलेको विधान समय अनुसार असान्दर्भिक भइसकेको छ। 
 
लामो समय पत्रकारितामा रहनुभएका दाहाल कांग्रेसको बिभिन्न बिभागमा समेत रहेर काम गरिसकेका छन। संबिधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट प्रत्यासी भइसकेका दाहालले हाम्राकुरा डटकमसँग कुरा गर्दै यस महाधिवशेनले परम्परागत अधिवेशन भन्दा पनि परिर्वतित अवस्थालाई बुझ्न सक्ने गरी काम गर्न सक्ने नेतृत्वलाई छान्नुपर्ने बताए। वैचारिक सोच भएका व्यक्तिहरुलाई केन्द्रीय समितिमा पुर्‍याउन तथा संगठन नीति र नेतृत्वको बारेमा गम्भिर भएर यो महाधिवेशनले हस्तक्षेप गर्ने विश्वास समेत दाहालले व्यक्त गरे। प्रस्तुत छ दाहालसँग गरिएका कुराकानीः 



नयाँ