arrow

विद्यालयमा अज्ञात समूहद्वारा तोडफोड, लाखौँको क्षति

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
darchula.png

दार्चुला । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियो । 

सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए ।

विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाकासाथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उनले बताए । 

उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए । 

तोडफोड गरिएका कम्प्युटरलगायतका उपकरण काम नलाग्ने अवस्थामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ