arrow

नेपाललाई हिन्दु राष्ट्र नबनाई विश्राम लिन्न : कमल थापा

डमरु फेर्ने थापाको गर्जन

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
kamal-thapa--@@-f.jpg.jpeg
धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र कायम नभए सम्म अभियानलाई विश्राम नदिने बताएका छन् । धनगढीमा आयोजित हिन्दुत्व जागरण सभाको उद्घाटन गर्दै थापाले विदेशीको दबाब र प्रभावमा परेर षड्यन्त्रपूर्वक ढङ्गले हिन्दू राष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास गरिएको सनाए । 
 
उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले संविधानसभामार्फत बनेको नयाँ संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम राख्न राप्रपा नेपालले गरेको प्रयास सफल नभए पनि आफूहरुले हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम नलिने बताएका हुन् । 
 
‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइमा धनगढीबाछ हिन्दुत्व जागरण अभियान सुरु भएको छ । ‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको विरोधमा पुनःनेपाललाई हिन्दू राष्ट्र कायम गर्न यो अभियान थालिएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ