arrow

प्रदेश ५ मा मंगलवार छठको सार्बजनिक बिदा नहुने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
chaitee-chat.jpeg

बुटवल। तिहार सकिएपछि तराइमा छठको रौनक बढेको छ। छठ मनाउन तराईका बिभिन्न नदीका घाट, ताल, तलैयामा बिशेष सजावट गरीएको छ। किनमेल गर्नेहरुको चलह पहल पनि बढेको छ। राष्टियस्तरमा बिदा नभएपनि तराइमा पक्कै बिदा हुन्छ भन्ने आशामा आम कर्मचारी रहेका छन। प्रदेश नम्वर २ को सरकारले छठको मुख्य दिन भोली मंगलवार सार्बजनिक बिदा दिने घोषणा गरीसकेको छ।

प्रदेश नम्वर २ ले सार्बजनिक बिदा घोषणा गरेपछि ६ पहाडी र ६ तराइका जिल्ला भएको प्रदेश नम्वर ५ मा पनि भोली मंगलवार प्रदेश सरकारले सार्बजनिक बिदा दिने अनुमान सबैले गरेका थिए तर प्रदेश नम्वर ५ को सरकारले भोली मंगलवार सार्बजनिक बिदा नदिने भएको छ।

प्रदेश नम्वर ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले छठका अवसरमा भोली मंगलवार बिदा दिने निणर्य नगरेको जानकारी दिए। यो प्रदेशमा छठ मान्ने कति छन भनि सामान्य अध्ययन गरीयो त्यसक्रममा नवलपरासीको त्रिबेणी र परासी, रुपन्देहीको भैरहवा र मर्चवार क्षेत्र, कपिलवस्तुको तौलीहवा र कृष्णनगर, बाके तथा बर्दियाका केही भागमा मात्र करिव डेढ लाखले मात्रै छठ मान्ने पाईयो त्यसैले छुट्टै बिदा दिने निणर्य गरीएन चौधरीले भने। 

उनले केन्द्रीय सरकारले छठ मान्नेहरुलाई स्वत बिदा दिने भनेकाले छठ मान्नेलाई बिदा हुने तर कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने बताए।यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले छठ मान्नेलाई मात्र भोली सार्बजनिक बिदा भएकाले कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ