arrow

प्रदेश ५ ले दिएन छठको सार्वजनिक बिदा 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
pradesh5.jpg

बुटवल । छठ मनाउन तराईका बिभिन्न नदीका घाट, ताल, तलैयामा बिशेष सजावट गरीएको छ । किनमेल गर्नेहरुको चहलपहल पनि बढेको छ ।

राष्टियस्तरमा बिदा नभएपनि तराइमा पक्कै बिदा हुन्छ भन्ने आशामा आम कर्मचारी रहेकामा प्रदेश ५ ले भने सार्वजनिक बिदा दिएन । 

प्रदेश नम्वर २ को सरकारले छठको बिदा दिएको छ । मंगलबार मंगलबार सार्वजनिक बिदा छ ।

६ पहाडी र ६ तराइका जिल्ला भएको प्रदेश नम्वर ५ मा पनि मंगलबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने अनुमान सबैले गरेका थिए । 

प्रदेश नम्वर ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले छठका अवसरमा बिदा दिने निर्णय नगरेको र नगर्ने जानकारी दिए । 

‘यो प्रदेशमा छठ मान्ने कति छन् भनी सामान्य अध्ययन गरियो । त्यस क्रममा नवलपरासीको त्रिबेणी र परासी, रुपन्देहीको भैरहवा र मर्चवार क्षेत्र, कपिलवस्तुको तौलीहवा र कृष्णनगर, बाँके तथा बर्दियाका केही भागमा मात्र करिव डेढ लाखले मात्रै छठ मान्ने पाईयो त्यसैले छुट्टै बिदा दिने निर्णय गरिएन ।’ चौधरीले भने । 

उनले केन्द्रिय सरकारले छठ मान्नेहरुलाई स्वतः बिदा दिने भनेकाले छठ मान्नेलाई बिदा हुने तर कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने बताए।

यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले छठ मान्नेलाई मात्र सार्वजनिक बिदा भएकाले कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ