arrow

हवाईजहाजले कति दिन्छ माइलेज ?

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
plane1.jpeg

काठमाडौं । आकाशमा हवाईजहाज देख्दा मानिसहरुमा एक नयाँ किसिमको सोच आउने गर्छ । यस्तोमा आकाशमा उडिरहेको हवाईजहाज देख्दा विभिन्न किसिमका प्रश्नहरु उठ्नु स्वाभाविक हो । तर तपाइँले कहिल्यै सोच्नुभएको छ – हवाईजहाजले कति माइलेज दिन्छ होला ?

एक मिडिया रिपोर्टका अनुसार हवाईजहाजले प्रतिसेकेण्ड करिब ४ लिटर इन्धन खर्च गर्ने गर्छन् । बोइङ ७४७ ले आफ्नो एक मिनेटको यात्रामा २४० लिटर इन्धन खपत गर्ने गर्छ । यो विवरणलाई आधार मान्ने हो भने हवाईजहाजको माइलेज शून्य दशमलव ८ किलोमिटर हुनजान्छ । यो विमानले १२ घण्टाको यात्राको क्रममा १ लाख ७२ हजार लिटर इन्धन खपत गर्ने गर्छ ।

बोइङको एक वेबसाइटमा एक ग्यालेन अर्थात् करिब ४ लिटर प्रतिसेकेण्डको दरले इन्धन खपत हुने गरेको उल्लेख गरिएको छ । वेबसाइटमा १० घण्टाको उडानमा ३६ हजार ग्यालेन अर्थात् एक लाख ५० हजार लिटर इन्धनको खपत हुने गरेको छ ।

 बोइङ ७४७ मा एक किलोमिटरमा १२ लिटर इन्धन खर्च हुने गर्छ । यसको अर्थ ५ सय यात्रीहरु १२ लिटर इन्धनमा करिब १ किलोमिटर यात्रा गर्न सक्छन् । जसअनुसार एक किलोमिटरमा प्रतिव्यक्ति ०.०२४ लिटर इन्धन खर्च हुने गरेको छ ।  एक सय किलोमिटरको यात्रामा प्रतिव्यक्ति २.४ लिटर मात्र खर्च हुने गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ