arrow

सामाजिक सञ्जालमा ६० लाखले हेरे गधाको गीत

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
viral-donkey-harriet.jpeg

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गधाले गीत गाएको भिडियो भाइरल भएको छ । विदेशी मीडियामा हेरियट नामको गधा निकै भाइरल भएको छ । आयरिश मेन मार्टिन स्टेनटनले फेसबुकमा आयरिश गीत गाउने एक गधाको भिडियो पोस्ट गरे , जसपछि हेरियट नामको गधा सामाजिक सञ्जालमामा भाइरल भयो ।

मार्टिन आयरल्याण्डको गावले शहरमा बस्छन् । मार्टिनका अनुसार उनि एक बर्षदेखि हरेक दिन यसै गधाको नजिकबाट हिड्ने गर्दछन् ।  र उनलाई गधाले गीत गाएर सुनाउने गर्छ ।

मार्टिनले पोस्ट गरेको भिडियो अहिलेसम्म सामाजिक सञ्जालमा ६० लाख भन्दा बढिले हेरेका छन् । भने, कयौ विदेशी न्यूज वेबसाइटले यसलाई समाचार बनाएका छन् । मार्टिनले भने 'म त्यो परिवारलाई चिन्दछु जुन हेरियटका मालिक हुन् । म त्यो ठाँउबाट  गाजर, रोटी र अदुवा आदि सामान ल्याउने गर्छु । मैले अरु गधाले यसरी गीत गाएको सुनेको छैन ।'

हेरियटको नाम पहिले हेरिसन थियो ।  मालिकले यसलाई किन्दा गधा सम्झिएका थिए तर गधी रहेको कारण उसको नाम हेरिसनबाट हेरियट राखियो ।      

यसअघि एक गधाको भिडियो भाइरल भएको थियो । जसमा गधाले भायोलिनको धुनमा गाएको थियो ।  भिडियोमा गधालाई संगीत मनपर्छ र माया गर्दछ। उ संगितको  यति ठूलो प्रशंसक हो कि मद्दत गर्नको लागि गजल र आवाजले साथ दिन्छ । यहाँ महिलाले आफ्नो गधाको लागि भायोलिन बजाएकी थिन् ।  जसको प्रतिक्रिया साँच्चै अविश्वसनीय देखिएको छ ।  

सो भिडियो डेलिपिकस्यान्ड फ्रिकले युट्युवमा अपलोड गरेको थिए ।

भायोलिनको धुनसँगै गीत गायो गधाले ..... (भिडियो)

 हजारौं वर्षदेखी  गधाले मानवजातिलाई सहयोग पुर्‍याउदै आएको छ । विभिन्न देशमा गधाले  बिशेष गरी  सामान ओसार पसारमा मानिसलाई  सहयोग पुर्‍याउने गरेको हामिले इतिहासमा पढ्न पाउछौ । गधा घोडा भन्दा सबै भू-भाग जानसक्ने जनवार हो । गधा वास्तवमा गलत धारणाले हेरिने हाम्रो सोचका बावजुद एक अत्यन्त बुद्धिमान जनावर हो । गधा ५० वर्ष भन्दा बढी बाँच्न सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ