arrow

रणवीर–दीपिका बिहेः ‘नो गिफ्ट बट डोनेसन’ (निमन्त्रणापत्रसहित)

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
deepika-ranveer.jpg

काठमाडौं । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् । 

उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्रान्ड रिसेप्सन दिँदैछन् । 

रिसेप्सनको कार्ड भने अहिले सोसल मिडियामा भाइरल भएको छ । मुम्बईमा हुन लागेको ग्रान्ड रिसेप्सनको यो कार्ड एक खास कारणले चर्चामा छ । 

कार्डमा स्पष्ट पढ्न सकिन्छ कि रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट (उपहार) लिएर नआउन आग्रह गरिएको छ । तर गिफ्टको सट्टा ‘डोनेट’ गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । 

दीपिकाले ‘लिभ लभ लाफ’ फाउन्डेसन चलाउँछिन् । निकै कम ब्यक्तिलाई रिसेप्सनमा बोलाइएकामा ‘नो गिफ्ट बट डोनेट’ नीतिलाई भने अनौठो नै मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ