arrow

निहूँ खोज्नु त सक्नेसंग, चाल पाइन् राखीले 

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
rakhi.jpg

काठमाडौं । निहूँ खोज्नु त सक्नेसंग भन्ने त भनाइ नै छ । नसक्नेसंग निहूँ खोजेपछि त्यसको सजाय त भोग्नै पर्यो । त्यस्तै भएको छ बलिउड अभिनेत्री राखी सावन्तलाई । 

रेस्लिङको रिंगमा अन्तसन्ट बोलेर एक महिला रेस्लरलाई उत्तेजित पारेपछि राखीले गोदाइ खान पुगिन् । अंग प्रदर्शन गरेर बलिउडमा क्रेडिट खाइरहेकी राखीको शरीरले गोदाइ खानु परेपछि धान्न सक्ने कुरै भएन । 

बिचरी राखी अस्पताल नै भर्ना हुन पुगेकी छिन् । हालै भारतको हरियाणास्थित एक स्टेडियममा आयोजित रेस्लिङ प्रतिष्पर्धामा राखीलाई अर्की महिला रेस्लरले पहिलो धक्काबाटै घाइते बनाएकी हुन् । 

राखीले द रेबेललाई च्यालेन्ज दिएपछि रेबेलले राखीलाई उचालेर स्टेजमै पछारेकी थिइन् । राखी पहिलो आक्रमणमै थला परिन् । 

उनको ढाडको हड्डीमा चोट लागेको छ । उनलाई अस्पतालमै आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । 

राखीलाई बल्ल लाग्यो होला बोल्न सजिलो गर्न गार्हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ