arrow

विश्व मधूमेह दिवस : प्रत्येक १० मा एक जना मधुमेही

स्वस्थ खानपिन र सक्रिय जिवनशैलीले मधुमेह नियन्त्रणमा

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
diabetes-day-fb.jpg

काठमाडौं। हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ।  यस बर्ष को दिवस बिश्व समुदायले परिवार र मधुमेह भन्ने नाराका साथ मनाँउदैछ। सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ।

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ। संसारभरिका १६० भन्दा वढी देशहरु, लाखौँ संस्थाहरु, संयूक्त राष्ट्रसँघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले यो दिवसलाई मधूमेह सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले मनाउने गर्दछन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ। मधुमेहका बारेमा नेपालमा यकिन तथ्यांक नभएपनि करिब १० लाख मानिसमा मधुमेह रोग रहेको मधुमेह बिशेषज्ञहरुले अनुमान गरेका छन। नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन्। हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो संख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ।  

बिश्व स्वास्थ्य  संगठनका अनुसार सन् २०१४ मा भएको सर्वेक्षण अनुसार बिश्वभरि ४२ करोड वयस्कहरुमा मधुमेह रोग भएको पाइएको छ । सन् १९८० मा १० करोड हाराहारीमा मात्र मधुमेह रहेको   थियो । बिश्व भरिका १० मध्ये १ महिला मधुमेह को शिकार हुने गरेको छ  भनें हरेक ७ नवजात शिशुमध्ये १ ग्यास्टेशनल डायबेटिज का जन्मिने गरेका छन। 

नेपालमा मधुमेह अर्थात चिनीरोगलाई बिगतमा धनीहरुको रोगका रुपमा लिइने गरेपनि  शारीरीक व्यायाममा कमी र अस्वस्थकर जीवनशैलीका कारण आम मानिसको रोग हुन थालेको छ। दैनिक खानपानमा ध्यान दिने,नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ। खानामा कार्वोहाइडेटको मात्रा बढि,चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुन्छ।

मधुमेह कस्तो खालकोरोग हो ? 
शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोगहरुलाई डायवेटिज अर्थात मधूमेह भनिन्छ। यस्तो हुनुमा शरीरमा पर्याप्त ईन्सुलिनको मात्रा उत्पादन नहुनु या शरीरका कोषले ईन्सुलिनप्रति उचित प्रतिक्रिया नदेखाउनु या दुबै कारण हुनसक्छ। 

सामान्य अर्थमा पाचनप्रणलीको एउटा अभिन्न अङ्ग पित्तथैलीले पर्याप्तमात्रामा ईन्सुलिन नामक तत्व छान्न नसक्नु या शरीरले ईन्सुलितप्रति उचित प्रतिक्रिया जनाउन नसक्नुनै डायवेटिज हो। यो एउटा ग्रन्थिजन्य रोग या संक्रमण हो र यसको उपचार ग्रन्थीविशेषज्ञ या भनौ ईन्डोक्राईनोलोजिस्टहरुले गर्दछन्।

मधुमेह भएमा देखिने लक्षणहरु 
शिघ्र पिसाब आउने, छिट्टै भोक लागीरहने, अत्याधिक तिर्खा लाग्ने, मुख सुक्ने अपत्यारिलो रूपमा तौल बढ्ने या घट्ने, अत्याधिक थकान महसुस हुने समस्या हुन्छ। 

डायवेटिजका प्रकार  
प्रथम प्रकारको डायवेटिजमा शरीरले ईन्सुलिन उत्पादन गर्नै सक्दैन, कुल डायवेटिज रोगीहरुमा १० प्रतिशतहरु प्रथमप्रकारको डायवेटिजवाट पिडित हुन्छन्। दोश्रो प्रकारको डायवेटिजमा शरीरले उचित र पर्याप्त मात्रामा ईन्सुलिन उत्पादन गर्न नसक्ने हुन्छ। अर्को एकप्रकारको डायवेटिज चाँही महिलाहरुमा गर्भवतीभएको समयमा आंशीकरुपमा देखापर्न सक्दछ। 

प्रथम प्रकारका डायवेटिजका विरामीहरुले स्वस्थ्यवर्धक खानपिनमा ध्यान दिने, नियमित शारीरीक व्यायाम गर्ने अनि ईन्सुलिन लिने गरेमा सामान्य जीवन यापन गर्न सकिन्छ भने दोश्रो प्रकारको डायवेटिज भएकाहरुले भने स्वस्थ्यवर्धक खानपीन, नियमित शारीरीक व्यायाम, समय समयमा रक्त परीक्षण र आवश्यक परेमा मुखले खाने ओखती या ईन्सुलिनजन्य सुईहरु लगाएर ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ। मधूमेहले रक्तचाप, कोलेस्टेरोल लगायत मुटुरोग लाग्नसक्ने संभावना एकदमै बढाउनेभएकाले मधूमेह भएका बिरामीहरुले नियमित रक्त परीक्षण तथा रक्तचाप परीक्षण अनिवार्य गराउनु पर्दछ।

कसरी हुन्छ ?
हाम्रो रगतमा ग्लूकोजको मात्रा बढी हुनु नै मधुमेह हुनु हो। रगतमा ग्लूकोज हुन्छ। तर, आवश्यकभन्दा बढी भएमा मधुमेहको  समस्या हुने हो।

रगतमा कसरी ग्लूकोजको मात्रा बढ्छ त ?
जब शरीरको प्याक्रियाजमा इन्सुलिन पुग्न कम हुन्छ, रगतमा ग्लूकोजको स्तर बढ्छ। इन्सुलिन एक हर्मोन हो, जो पाचन ग्रन्थीले बनाउँछ। इन्सुलिनले शरीरभित्र खानेकुरालाई शक्ति एवं इनर्जीमा बदल्ने काम गर्छ। यो हर्मोनले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ।

मधुमेह भएमा के हुन्छ ? 
रगतमा ग्लूकोजको मात्रा बढी भएमा मधुमेह हुन्छ। यदि त्यसो भयो भने शरीरमा हामीले खाएको खाना इनर्जीमा बदल्न कठिनाइ हुन्छ। यस्तो अवस्थामा ग्लूकोजको मात्राले शरीरको विभिन्न अंगमा हानी र्पुयाउन थाल्छ। शरीरमा ग्लूकोजको मात्रा बढेपछि हर्मोन परिवर्तन हुन्छ। र, कोशिकाहरु क्षतिग्रस्त हुन्छ। यसले रगतको नसा र रगत दुबैलाई असर गर्छ। मुटुको धमनीमा रुकावट आउँन सक्छ। यहि कारण हृदयघात हुने उच्च जोखिम रहन्छ। मृगौला, मुटु ,आखा खुट्टा र कलेजोमा समस्या ल्याउँछ।

कसलाई हुन्छ यो रोग ? 
यो बंशानुगत रोग हो। यो रोग बिशेषगरी परिवारमा आमाबुबा,बाजेबजै कसैलाई पनि छभने हुने सम्भावना अत्यधिक हुन्छ। अर्को यो जीवनशैलीसँग सम्बन्धित रोग  हो। जिब्रोमिठो हुने पोलेको तारेको गुलियो बाहिरको खाना खाने,  शारीरिक परिश्रम नगर्ने, निस्क्रिय बस्ने व्यक्तिलाई मधुमेहको समस्या हुने सम्भाबना  अत्यधिक हुन्छ।वंशानुगतलाई टाइप १ र अनियमित जीवनशैलीका कारण आउनेलाई टाइप २ भनिन्छ।

मधुमेहबाट बच्ने उपाय 
यसबाट बच्नका लागि  संभावित जोखिम तत्वहरुबाट टाढा रहनुपर्छ। बिशेषगरी अस्वस्थकर खानपान, निस्क्रिय जीवनशैली। सन्तुलित भोजन, नियमित व्यायाम, तौलको नियन्त्रण, धुम्रपान मद्यपान या सुर्ति सेवन नगर्ने, समयमा खाने, थोरै खाने, संभव भएसम्म छोटा दूरीहरू पार गर्न पैदल हिंड्ने, पर्याप्त सुत्ने अनि समयमा सुत्ने बानी बसाल्नाले मधूमेहबाट जोगिन सकिन्छ। 

मधुमेहको नियन्त्रण
सही खानपान, रहनसहन, सकारात्मक सोंच, नियमित शारीरीक व्यायामले समयमै मधूमेहलाई नियन्त्रण गर्न सकिन्छ। मधूमेह भएका मानिसले धुम्रपान र मद्यपान भने गर्न हुँदैन। बेलैमा सजग रहेमा मधूमेहलाई लाग्न बाट जोगिन सक्छौं। जकंफूड, अत्याधिक प्रशोधन गरिएको कार्वोहाईड्रेटको खानालाई बहिष्कार गर्ने। यसको साटो कोदो मकै भटमास लगायतका अन्न र यसले बनेका खाद्य पर्दाथ प्रयोग गर्ने। रातो मासुको सेवन कम गर्दै बदाम, गेंडागुडी अनि माछाको पर्याप्त सेवन फाईदाकारी हुन्छ।

यदि मधुमेह भइहाले पनि त्यसलाई नियन्त्रण गर्न सकिन्छ। तर, यसका लागि स्वस्थ्य जीवनशैली, सन्तुलित खानपान, नियमित व्यायाम आवश्यक हुन्छ। पोषिलो र सन्तुलित खानपानसँगै सक्रिय जीवनशैलीले मधुमेहलाई नियन्त्रणमा  राख्न सकिन्छ। समयसमयमा मधुमेहीले सुगर संगै  मृर्गोला, मुटु, आँखाको पनि परिक्षण गराइराख्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ