arrow

शाहरुखलाई 'किङ्ग खान' कसले बनायो ?

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
saharukh2.jpg

काठमाडौं ।  शाहरुख खानलाई बलिउडको किङ्ग भनिन्छ । उनको जीवनी हरेक मानिसलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । जुन स्टारडमको मानिसहरु कल्पना पनि गर्न सक्दैनन् शाहरुख आज त्यो स्थानमा रहेका छन् । शाहरुखलाई शीर्ष स्थानमा पुर्‍याउन उनको मेहनतको अहम भूमिका रहेको छ । तर अर्को एक सत्य पनि छ शाहरुख आज यती ठुलो स्टार बन्नुमा केहि मानिसहरुको हात रहेको छ । शाहरुखको मेहनतसँगै उनले पाउने सपोर्ट र शुभचिन्तकको  शुभकामनाले उनि यहा पुगेका हुन् ।

चलचित्रमा शाहरुखलाई ल्याउने श्रेय बलिउडकी ड्रीमगर्ल हेमा मालिनीलाई जान्छ । जसले चलचित्र 'दिल आशना हे'  बाट शाहरुखलाई ल्याइन् । तर के तपाईलाई थाहा छ शाहरुखलाई सुपरस्टार बनाउन कसको हात छ ? शाहरुखलाई सुपरस्टार बनाउने श्रेय जसलाई जान्छ उनि पनि अभिनेता नै हुन् । तर अहिले उनि गुमनामको जिन्दगी जिउन बाध्य छन् । ती कलाकार हुन् अरमान कोहली।

 शाहरुखलाई हेमा मालिनीले पहिलो चलचित्र दिइन् । तर त्यो भन्दा पहिले शाहरुखको दोस्रो चलचित्र 'दीवाना' रिलीज भयो । चलचित्र सुपरहिट रह्यो र यसै चलचित्रको सफलतापछि शाहरुखले 'बाजीगर' र 'डर' जस्ता चलचित्र पाए । यी चलचित्रले शाहरुखलाई टप स्टार्सको रुपमा उभायो र कयौ अवार्ड पनि दिलायो ।

चलचित्र 'दीवाना' शाहरुखको करियरमा टर्निग पोइन्ट साबित भएको थियो ।  सो चलचित्रको  अभिनेता शाहरुख नभएर अरमान कोहली थिए । 'दीवाना' मा कोहली र दिव्या भारतीको जोडि लिइएको थियो । अरमान उक्त चलचित्रको लागि पोस्टरको फोटोशूटसम्म गरेका थिए ।  यहाँसम्म कि चलचित्रको पहिलो शेड्यूल अनुसार उनले शूट पनि गरे । तर, कुनै कारण बस अरमानले सो चलचित्र छोड्नु पर्‍यो ।


अरमानले बिचैमा चलचित्र छोडेपछि निर्देशक राज कवरको हैरान भए र उनले चलचित्र 'दीवाना' को लागि शाहरुख खानसँग सम्झौता गरे ।  त्यसपछि चलचित्रले आफै इतिहास रच्यो । चलचित्र सुपरहिट भयो र शाहरुख सुपरस्टार बने। उनको र दिव्या भारतीको जोडिलाई पनि दर्शकले खुव रुचाए ।

यसरी अरमान कोहलीको कारण शाहरुख खानले बलिउडमा स्टारडम बनाए । 'दीवाना' पछि शाहरुखले पुन : पछि फर्कीएर हेर्नु परेन । शाहरुख कयौ पटक विवादमा आए तर पनि उनको स्टारडम त्यसैगरी नै कायम रहेको छ, त्यस्तै अरमान कोहली अहिले पनि चलचित्रमा कदम राख्ने संघर्ष गर्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ