arrow

साइजमा आउँदै बाबुराम, संविधानको गुणगान गाउन थाले

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg
विराटनगर । नयाँ शक्ति अभियानका संयोजक एंव पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी मोर्चाले आन्दोलन भन्दा पनि वार्ता छलफलको माध्यमबाटै सिमाकंनको विवाद टुंगो लगाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै भट्टराईले संविधान निमार्णपछी मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेकाले अब राजनीतिमा अल्झिने भन्दा पनि  समवृद्ध नेपालको निमार्ण गर्न सबै मिलेर अघि बढनुपर्ने बताएका हुन् । 
 
पूर्व प्रधानमन्त्री भट्टराईले, संविधान संशोधन गरेर भएपनि सिमाकंनको विषय टुंग्याउनुपर्ने बताए । यसअघि, संविधान जारी गरेको नपरेको भन्दै बाबुरामले पार्टी त्याग गरेको चर्चा चलेको थियो । मुलुकलाई सम्वृद्धि र बलियो बनाउन वैकल्पिक शक्तिको आवश्यकता भएकाले  नयाँ शक्तिको जन्म भएको भट्टराईको भनाई थियो । भट्टराईले मुलकको आर्थिक विकासका लागि नयाँ शक्ति अभियानले पाँच वर्षे तथा दश वर्षे ठोस योजना बनाएर अघि बढ्न लागेको सुनाए ।  
 
नेपाल र भारतबीच सदियौँ पुरानो सम्बन्धलाई बलियो बनाउन हालै भएको प्रधानमन्त्रीको भ्रमण फलदायी भएको भट्टराईको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक रहेको  भन्दै यसले दुवै देशबीच चिसिएको सम्बन्ध सुधार भएको औंल्याए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भट्टराईले आफुमाथि कसैले आरोप लगाउँदैमा त्यसको विरुद्धमा आफु नजाने बताए ।
 
भट्टराईले मुलुकको रुपान्तरण र सम्वृद्धिका लागि  आफु लागिपरेकाले कसैले गरेको टिका टिप्पणीमा आफु नअल्झने तर्क गरे । पुराना शक्तिहरु कामगर्ने भन्दापनि अरुलाई हिलो छ्याप्ने काम गर्ने गरेको भट्टराईको आरोप छ । भट्टराईले आफुलाई कसले के भन्यो र कस्तो अभिव्यक्ति दियो भन्नेतर्फ आफु नलागेको सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ