arrow

सामाजिक सञ्जालका १० लोकप्रिय भारतीय सेलिब्रेटी

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
actor-list.jpg

काठमाडौं । प्रयेक वर्षजस्तै सन् २०१७ को डिसेम्बरमा फोर्ब्सले भारतका १०० सेलिब्रेटीको  विवरण सार्वजनिक गरेको थियो । उनीहरुको वार्षिक आम्दानीको आधारमा उनीहरुलाई यो सूचीमा राखिएको थियो । उक्त एक सयमध्ये सामाजिक सञ्जालको आधारमा भारतका प्रमुख १० सेलिब्रेटीहरु भने यिनीहरु हुन् –
 
१. सलमान खान
सामाजिक सञ्जालको हिसाबमा भारतीय अभिनेता सलमान खान भारतको सबैभन्दा चर्चित सेलिब्रेटी हुन् । सन् २०१७ मा उनी सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय देखिएका थिए । उनका फलोअर्सहरु ३ करोड ११ लाख पुगेका छन् । जसमा उनका पोस्टहरु २५–३४ वर्षको उमेर समुहका मानिसहरुले धेरै मन पराउने गरेका छन् ।
 
२. विराट कोहली
क्रिकेटर विराट कोहलीका लागिथ २०१७ निकै महत्वपूर्ण वर्षको रुपम रहन पुग्यो । भारतीय अभिनेत्री अनुष्का शर्मासँगको विवाहको फोटोहरुले पनि अघिल्लो वर्ष उनका फलोअर्सहरु उल्लेख्य बढेका थिए । २०१७ मा  विरोट कोहलीको ट्वीटर प्रोफाइल फलो गर्नेको संख्यामा १२.५ प्रतिशतले बढेका थिए । अहिले उनका फलोअर्सहरु २ करोड २९ लाखभन्दा बढी छन् ।
 
३. शाहरुख खान
भारतीय अभिनेता शाहरुख खानको लोकप्रियता भारतमा बढ्दो क्रममा रहेको देखिएको छ । उनका आशा गरिएका फिल्महरु फ्लप भए पनि उनको लोकप्रियतामा भने कमी नआएको देखिएको हो । २०१७ मा उनका फलोअर्सको संख्या ९.९ प्रतिशतले बढेको थियो । उनका ३ करोड ३३ लाख फओअर्सहरु रहेका छन् ।
 
४. अमिताभ बच्चन
अमिताभ बच्चन सबैभन्दा बुढो सेलिब्रेटीमध्येका एक हुन् । २०१७ उनको लागि निकै महत्वपूर्ण वर्ष बन्न पुगेको थियो । उनले जीएसटीलगायतका सरकारका योजनाहरुमा गरेको सकारात्मक पहलका कारण उनको लोकप्रियता बढ्दो क्रममा देखिएको हो । सामाजिक सञ्जाल ट्वीटरमा उनका ३ करोड ३० लाखभन्दा बढी रहेका छन् ।

५. अक्षयकुमार
भारतीय अभिनेता अक्षयकुमारका लागि २०१७ निकै महत्वपूर्ण वर्ष बन्न पुगेको थियो । वर्षका केही फिल्महरुले उनको चर्चा बढाएको थियो । उनको ट्वीटरमा २ करोड ४८ लाख फलोअर्सहरु रहेका छन् । उनको प्रोफइल फलो गर्नेको संख्यामा पनि २१.९ प्रतिशतले बढेको छ ।

६. सचिन तेन्दुलकर
भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर पनि सामाजिक सञ्जालमा वर्ष २०१७ का चर्चित भारतीय सेलिब्रेटीको रुपमा रहेका छन् । वर्षभरमा सामाजिक सञ्जालमा उनलाई फलो गर्नेको संख्यामा वृद्धि अन्यको भन्दा बढी रहेको छ ।

 ७. आलिया भट्ट
अभिनेत्री आलिया भट्टको चर्चा पनि सामाजिक सञ्जालमा वर्ष २०१७ मा उल्लेख्य बढेको पाइएको छ । उनको ट्वीटर एकाउण्टका ४३.५ प्रतिशत फलोअर्सहरु १८ देखि २४ वर्षको उमेरका रहेका छन् । उनको ट्वीटर फ्यानहरु ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुष रहेका छन् ।

८. सोनम कपुर
अभिनेत्री सोनम कपुर पनि २०१७ मा सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी चर्चामा रहेकी अभिनेत्री हुन् । संख्यागत हिसाबमा भने उनका ट्वीटरका फलोअर्सहरु कम रहेका छन् । उनको ट्वीटरका फलोअर्स १ करोड १६ लाख रहेका छन् ।

९. दिपीका पादुकोण
हलिवुडमा प्रवेश तथा अन्य सफल चलचित्रको कारण अघिल्लो वर्षमा दिपीका पादुकोणले पनि चर्चा कमाएकी थिइन् । उनको सामाजिक सञ्जाल ट्वीटरमा २ करोड ३२ लाख फलोअर्सहरु रहेका छन् । उनका फलोअर्सहरुमा ४४.४ प्रतिशत महिला र ५५.६ प्रतिशत पुरुषहरु रहेका छन् ।

१०. रितिक रोशन
२०१७ रितिक रोशनका लागि धेरै राम्रो वर्ष त रहन सकेन । उनकौ सो वर्षमा एकमात्र फिल्म सार्वजनिक भएको थियो । सामजिक सञ्जाल ट्वीटरमा उनका २ करोड २३ लाख फलोअर्सहरु रहेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ