arrow

अचम्मको परम्परा : आशीर्वाद पाउन परपुरुषसँग सम्बन्ध

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
pon-festival-indonesia.jpg

काठमाडौं। इन्डोनेशियाको जावामा सोलो नामको एक गाँउ रहेको छ। यहां एक पहाड छ जसको नाम केमुकस पर्वत हो। यो 'सेक्स माउन्टेन' को नामले बदनाम छ। यहाँ विवाहित महिला अज्ञात पुरुषहरुसँग संसर्ग गर्छन्। अचम्मको कुरा त यो छ कि सो बिषयमा कसैलाई समस्या छैन।

केमुकस पर्वतमा पोर्न फेस्टिवल मनिने गर्छ। सो क्रममा पेङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलानको सम्झनामा  फूल चढाइन्छ र कुण्डमा नुहाउने गरिन्छ।  त्यसपछि चिनजान नभएका महिला र पुरुष शारीरिक सम्बन्ध बनाउछन्। यदि महिलाले यसो गरे उसको घरमा खुशयाली छाउने मान्यता रहेको छ। जुन पुरुषसँग महिला सम्बन्ध बनाउछे उसले हरेर ३५ दिनमा सो कुण्डमा आएर सोहि पुरुषसँग सम्बम्ध राख्नु पर्नेछ। महिला र पुरुष बिच एक बर्ष भित्र सात पटक सम्बन्ध राख्नुपर्नेछ।

१६ औँ शताब्दीमा उक्त स्थानमा पैङ्गेरन समोद्रो नामका राजा थिए। एक रात उनि अफ्नो कान्छि आमा नायी ओङ्त्रोवुलानसँग शारीरिक सम्बन्ध राखि रहेका थिए । सोहि अबस्थामा दुबैको कसैले षड्यन्त्रपुर्वक हत्या गरायो । पैङ्गेरन र नायी जुन काम मृत्यु भन्दा पहिले पुरा गर्न पाएनन् त्यसलाई पुरा गर्नेलाई समोद्रो र नायी ओङ्त्रोवुलानको आशीर्वाद मिल्नेछ र उसको घरमा खुशीयाली छाउनेछ भन्ने मान्यता रहेको छ।

भनिन्छ कि पैङ्गेरन समोद्रो र नायी ओङ्त्रोवुलान बिच आामा-छोराको सम्बन्ध थियो। शारीरिक सम्बन्ध राखेर दुबैले पाप गरे। त्यसैले विवाहित महिला कुनै अपरिचित पुरुषसँग  सम्बन्ध राख्छे भने त्यो पनि पाप हुनेछ। यसो गर्नाले पैङ्गेरन र नायीले सो महिलालाई आशीर्वाद दिनेछिन्। केमुकस पर्वतमा अब सो रिवाजलाई व्यवसायीक रुपमा विकास गरिदैछ। सो स्थानमा केयौ होटल पनि बनेका छन् भने जोडि आउनेको संख्या बढ्दो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ