arrow

लेकभेगको विकासका निम्ति प्रदेश ५ सरकारको चासो

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार

रामपुर । पाल्पाको लेकभेगमा सर्वसुलभ मोटरबाटो तथा कृषिको मुख्य क्षेत्र बनाउनका निम्ति प्रदेश नं ५ सरकारको तीव्र पहल भएको छ । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री तथा सङ्घीय सांसद दलबहादुर राना, प्रदेश नं ५ का सांसद युवराज खनाल, नारायण आचार्यलगायतको टोलीले मङ्गलबार त्यस क्षेत्रको अवलोकन निरीक्षण गर्दै पाल्पा जिल्ला नै विविधताले भरिपूर्ण एवं धार्मिक तथा ऐतिहासिक महत्व बोकेको र कृषिका लागि समेत उपयुक्त क्षेत्र रहेकाले लेकडाँडालाई कृषिको मुख्य क्षेत्र बनाउनेमा जोड दियो ।
 
पूर्वमन्त्री रानाले लेक तथा फाँट क्षेत्र नछुट्याई अब हरेक क्षेत्रका जनता विकासको दूरीमा नजीक वा टाढा नहुने बताउनुभयो । निस्दी गाउँपालिकाको लेकडाँडामा अम्रिसो र दालचिनी तथा टिमुरको मुख्य क्षेत्र बनाउन सङ्घीय सांसद विकास कोषबाट रु १० लाख विनियोजन भइसकेको समेत उनले जानकारी दिए ।

रामपुर नगरपालिकादेखि निस्दी गाउँपालिकाको मित्याल हुँदै आरुङ्खोला जाने मोटरबाटोको निर्माण पनि तीव्र पारिएको छ । आरुङ्खोलासम्म पुग्न मोटर मार्ग खुल्न अब २०० मिटर मात्रै बाँकी छ । प्रदेश नं ५ को संसद् विकास कोषबाट विनियोजित रु दुई करोडको लागतमा काम र अबको तीन महीनासम्ममा काम सम्पन्न गर्न प्रदेशसभा सदस्य युवराज खनालले निर्देशन दिए ।

टोलीले आरुङ्खोला तथा मित्याल जोड्ने पक्की पुल निर्माण गरिने स्थलको समेत अवलोकन गरेको छ । केही महीनाअघि सर्वे भएको पुलको केही समयपछि काम थालनी गर्ने विषयमा टोलीले चासो देखाएको छ । समुद्र सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको लेकडाँडालाई पर्यटकीय क्षेत्र बनाउनका लागि त्यहाँको अर्चलेलाई कृषिको मुख्य क्षेत्र बनाउनका निम्ति पनि पहल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ