- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकामा आईफोन एक्स विष्फोट भएको पाइएको छ । एक प्रयोगकर्ताले आफ्नो आईफोनमा आईओएस १२.१ भर्सन अपडेट गर्ने क्रममा उसको स्मार्टफोन विष्फोट भएको हो ।
प्रयोगकर्ताले आफूले उक्त स्मार्टफोन खरिद गरेको केवल १० महिना भएको बताएका छन् ।
प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा १२.१ को अपडेट राख्ने क्रममा सुरुमा धुवाँ आएको र केही समयमा नै विष्फोट भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा विष्फोट भएको आईफोनको तस्वीर पनि सेयर गरेका छन् । घटना हुँदा प्रयोगकर्ताले कम्पनीको एडप्टरबाट मोबाइल चार्ज गरिरहेका थिए ।
आईफोन एक्स विष्फोट भएको विषयमा आईफोन निर्माताले यस विषयमा छिटै नै अनुसन्धान सुरु गर्ने बताएको छ । स्मार्टफोन विष्फोटको यो कुनै नौलो घटना भने होइन ।
हालसालै मात्र सामसुङकको ग्यालेक्सी र साओमीका फोनहरु पनि चार्ज गर्दै गरेको समयमा विष्फोट भएको घटनाहरु सार्वजनिक भएका छन् । एप्पलले आईफोनको १० औं वर्षको उपलक्ष्यमा आईफोन एक्स सार्वजनिक गरेको थियो ।