arrow

निर्मला पन्तको सम्झनामा साईप्रसमा शोकसभा

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
nirmala-case-protest.jpg

साईप्रस। कञ्चनपुरमा केही महिना अघि सामुहिक बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा साईप्रसमा बस्ने नेपालीहरुले शोक सभा र दीप प्रज्वलन गरेका छन्। आईतबार साईप्रसमा रहेका विभिन्न संघसंस्थाको सामूहिक उपस्थितीमा निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग पनि उनीहरुले गरेका छन्। 

उक्त शोक सभामा बोल्ने वक्ताले निर्मलाको परिवारलाई न्याय दिन र देशमा अब कसैले पनि निर्मलाले बिना कारण निर्मम तरिकाले मर्न नपर्ने व्यवस्था गराउन पनि नेपाल सरकारसँग माग गरेको छ। उनीहरुले सो दिनलार्इ कालो दिनको सम्झनामा आफूहरुले शोक सभा गरेको नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति  सीता अर्यालले जानकारी दिईन्। 

नेपाली जनसम्पर्क समिति साईप्रसको सक्रियतामा नेपाली झण्डा सहित नेपालीहरुको उपस्थिती रहेको शोकसभामा समितिको तर्फबाट प्रतिनिधित्व अध्यक्ष अर्यालको रहेको थियो। त्यस्तै, एनआरएनएको तर्फबाट शान्ति राई, संघीय समाज  फोरमको तर्फबाट तारा लिम्बू , राई समाजको तर्फबाट संगम राईले संस्थागत प्रतिनिधित्व गरेका थिए। समाज सेवीको रुपमा कार्यक्रममा जया नेपालले प्रतिनिधित्व गरेकी थिइन्। कार्यक्रममा सन्ध्या गिरीले महिला हिंशा सम्बन्धी कविता वाचन गरेकी थिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ