arrow

नोकियाले ल्यायो नयाँ फोन, २१ दिनसम्म ब्याट्रि टिक्ने दाबी 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
nokia-106-2018.png

काठमाडौं । एचएमडी ग्लोबलले आफ्नो नयाँ फोन नोकिया १०६(२०१८) सार्वजनिक गरेको छ । यो फोन सन् २०१३ मा सार्वजनिक गरिएको नोकिया १०६ को अपग्रेट भर्सन हो । एक पूरा चार्जमा यो फोन स्टेयाण्ड बाइ २१ दिनसम्म चल्न सक्छ भने १५ घण्टाको टकटाइम मिल्ने दाबी कम्पनीले गरेको छ । 

रुसमा सार्वजनिक गरिएको यो फोनको मूल्य १५९० रुबेल अर्थात् करिब २७०० रुपैयाँबराबर तोकिएको छ । यसै महिनादेखि यसको बिक्री सुरु हुने बताइएको छ । अन्य बजारमा भने यो फोन आउने र नआउने वा मूल्य के हुने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । 

यो फोनमा नोइट्रो रेसिङ, डेंजर ड्यास र टेट्रिसजस्ता गेम्सहरु पहिला नै इन्स्टल हुन्छन् । यो फोनकमा २ हजार फोन नम्बर र ५ सय टेक्स्ट म्यासेज सेभ गर्न सकिन्छ । 

यो फोनले ड्युल सिमको सपोर्ट गर्छ । यसमा १.८ इन्चको डिस्प्लेको प्रयोग गरिएको छ  यसमा ४ एमबी र्‍याम रहेको छ भने ४ एमबी स्टोरेज छ । यसमा मेमोरी कार्ड र हेडफोनको प्रयोग गर्न सकिन्छ । यसमा ८०० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ