arrow

कालिकोटमा एयर काष्ठमण्डपको विमान दुर्घटना, दुईको मृत्यु [अपडेट[

पङखा बन्द भएपछि आकस्मिक अवतरण

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
Kalikot-hamrakura.jpg.jpeg
कालिकोट । नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको  नाइन एन एजेबी विमान कालिकोटको चिलखाया गाविस –२ चिलखायामा आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको छ । नेपालगन्जबाट १२ः२० मा जुम्लाका लागि उडेको विमान जुम्ला पुग्ने पुग्ने क्रममै अकस्मात दुर्घटना भएको हो । विमानमा सवार जुम्लाका मेघराज गिरीले विमानको पङखा अकस्मात बन्द भएपछि दुर्घटना भएको बताएका छन् ।
 
टेकराज समेत घाइते छन् । २ जनाको मृत्यु भएको  जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । हाल सम्म पाइलट दिनेश न्यौपानेको मृत्युको खबर आएको छ । मुत्यु हुने अर्का एक जनाको नाम खुलेको छैन । प्रहरी र प्रशासनको टोली घटना स्थल पुग्दैछ । ९ घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।  विमान मानव वस्ती नजिकै खसेको बताइएको छ । विमान आकस्मिक अवतरण गराउन खोजिएपछि खेतमा जोतिएको र आगलागी भएको बताइएको छ । 
 
सदरमुकाम मान्मबाट दुई घण्टा पैदल दुरीमा रहेको चिलखाया जुम्ला सीमा नजिकै पर्दछ । विमानमा चालक दलका २ सदस्य सहित ११ जना सवार रहेका सहकर्मी पुष्पराज भट्टराईले जानकारी दिए । मंगलबारमात्रै तारा एयरको विमान म्याग्दीको दाना गाविस –२ सोलीघोप्टेमा दुर्घटना हुँदा विमानमा सवार २३ जना सबैको मृत्यु भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ