- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रत्येक केटीको युवावस्थामा विवाह गर्ने सपना हुन्छ । विवाह धूमधामले होस् उसको चहानना हुन्छ । तर, यस्तो एक ठाँउ रहेको छ जहाँ महिलाले विवाह गर्न निकै कठिन भएको छ । सो ठाँउमा सुन्दर महिलाहरुले पनि कुमार केटा पाउन सकेका छैनन् ।
ब्राजीलको नोइवा दो कोरडेएरो कस्बेमा २० देखि ३५ बर्षका महिलाहरु अहिले पनि आफ्ना लागि वरको खोजीमा रहेका छन् । उक्त कस्बेमा हजारौ केटिहरु विवाह गर्नका लागि तड्पिएका छन् । सो कस्बेमा टाउको दुखाइको बिषय सुन्दर महिलाहरुले कुमार केटा नपाउनु बनेको छ ।
कस्बेमा बस्ने केटिहरु माया र विवाहको सपना देखेका छन् तर विवाहको लागि मात्र उनिहरु कस्बा छोड्न चाहादैनन् । उनिहरु छिमेकी गाँउका पुरुहरु विवाह गरुन् र कस्बेमा आएर सँगै बस्न् भन्ने चाहान्छन् । साथै पहाडको बिचमा रहेको कस्बे गाँउमा धेरै कम विवाहित पुरुष रहेका छन् र बाकि जो कुमार केटा छन् ती केशोरावस्था प्रवेश गर्दै छन् ।
कस्बेको यो समस्या केटा -केटि बिचको जन्मदरको भिन्नताका कारण उत्पन्न भएको हो। कस्बेमा खेती-किसानी समेत महिलाको वर्चस्व रहेको छ । सो स्थानमा महिलाले बनाएको नियम कानुन अनुसार नै पुरुषले चल्नुपर्ने हुन्छ।