arrow

कहाँबाट सुरु भयो स्याम्पुको प्रयोग

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
sampoo.jpg

काठमाडौं । नुहाउँदा धेरैजसोले स्याम्पुको प्रयोग गर्ने गरेका छन् । यद्यपि स्याम्पुको विषयमा धने धेरैलाई थाहा नहुन पनि सक्छ । स्याम्पु भन्ने शब्द झट्ट सुन्दा विदेशी शब्दजस्तो लाग्छ तर वास्तवमा यो संस्कृत शब्दबाट आएको शब्द हो । स्याम्पु चम्पुशब्दबाट बनेको हो । यसको अर्थ मसाज गर्नु भन्ने हुन्छ ।

स्याम्पुको प्रयोग १५ औं शताब्दीदेखि सुरु भएको थियो । यद्यपि यसको बनावट र प्रयोगको तरिका भने भिन्न किसिमको थियो । यसको उत्पादन पनि युरोप वा अमेरिका नभई भारतबाट सुरु भएको थियो ।

भारतमा पहिला विभिन्न फलहरुको प्रयोग गरी एक विशेष किसिमको साबुनको बनाइन्थ्यो । बेलायतको उपनिवेशको क्रममा भारतको उक्त साबुनमा बेलायतीहरुले फाइदा देखे र यसको प्रयोगमा जोड दिए । सुरुवातमा यसको प्रयोग सबैका लागि सहज भने थिएन ।

सुरुमा यलाई प्रयोग गर्दा विशिष्ट मानिसहरुले मात्र गर्ने गरेका थिए । सर्वसाधारणहरुले यसको प्रयोग गर्न पाउँदैन थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ