arrow

भजिन्द्रलाई कोरीयाले दियो विदेशीलाई दिने मानार्थ नागरिकता

logo
आदर्श केसी,
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
bhajendara_chhatri.jpg

दक्षिण कोरीया । रोजगारीको लागि आर्कषक गन्तब्य मानिने दक्षिण कोरीया र नेपालको विगत लामो समय देखिकै मित्रता छ । विगत देखिको लामो मित्रताका भागहरु विभिन्न क्षेत्रमा झल्कने गर्छन । त्यो मित्रता कोरियाले इपिएस मार्फत आफनो देशमा नेपाली कामदारहरु लिने कुरामा होस या कोरीयामा रहेर विभिन्न पेशा ब्यवसायमा आवद्ध रहेका नेपालीहरुमा होस कहि न कही झल्कने गर्छ ।

 करिव ४५ हजार नेपालीहरु कार्यरत कोरीयामा बसोबास गर्ने नेपालीहरुको मन पनि कोरीयनहरु सँग राम्रो सँग बसेको छ । विभिन्न पेशा ब्यवसाय गरेर कोरीयामा बसोबास गर्ने नेपालीहरु बढि कोरीयन सामु भिजेको पाइन्छ । यही कुरालाइ मध्यनजर गदै केही बर्ष यता  कोरियाको सोल महानगरपालिकाले प्रत्येक बर्ष एक जना नेपाली लाइ मार्नाथ कोरीयन नागरिकता प्रदान गदै आएको छ । यसलाइ पनि दुइ देश बिचको एक मित्रता गास्ने एउटा माध्यम हुन सक्छ ।

नेपाल र कोरिया बिच संस्कृति आदान प्रदान एवं सामाजिक तथा  आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत प्रदान गरिने सो मानार्थ नागरिकता पाउने नेपालीमा यस पटक  समाजसेवी भजिन्द्र बहादुर क्षेत्री रहेका छन । राजधानी सोलमा आयोजना गरिएको बिशेष समारोहमा क्षेत्री सहित २२ देशका अन्य नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो ।   

कोरीया र नेपाल विचको सम्बन्ध अझ समधुर र प्रगाढ हुने विश्वास लिएको बताउदै क्षेत्रीले कोरीयाका विभिन्न लगानीकर्ताहरुलाई नेपाल भित्राउन आफुले पहल गर्ने बताए । दक्षिण कोरीया युद्धमा थिलो थिलो भएको बेला हामी नेपालीले थोरै भए पनि राहत स्वरुप गरेको सहयोगको कुरा  अझै इतिहासमा दक्षिण कोरीयामा भेटिदा आफुलाइ गर्व लाग्ने उनले बताए ।

नेपालको बुटवलमा बसोबास गर्दे आएका क्षेत्री  बिगत १४ बर्षदेखि कोरियामा छन।  क्षेत्री  क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी ,तेक्वान्दोको पाँचौ  डन र प्रशिक्षक समेत हुन, भने यहि क्षेत्रमा नेपाल र अन्तराष्ट्रिय स्तरमा विभिन्न पदकहरु समेत हासिल गरीसकेका छन । उनी एक प्रख्यात खेलाडीको रुपमा पनि परिचित छन ।

यस अघि २००९ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान गरे बापत सम्मान  साथै क्षेत्रीले  २०१२ मा क्युक्वेन का अध्यक्षबाट समेत उच्च सम्मान पाएका थिए  । यस्तै विभिन्न अन्र्तराष्टिय खेकुदहरुमा पनि क्षेत्रिले बिभिन्न पदक तथा विजय हासिल गरेका थिए । सामाजिक सघ संस्थामा आवद्ध भइ समाज सेवा गदै आएका क्षेत्री हाल नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति कोरियाका सल्लाहकार समेत रहनुभएका क्षेत्रीले कोरियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेका बिभिन्न संघ संस्थामा बिभिन्न पदमा रहेर समाज सेवा गद आएका छन ।

क्षेत्री सहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या ७ पुगेको छ । यस अघि के पि सिटौला, देन्जी शेर्पा, राजु क्षेत्री, जुनु गुरुङ्ग र हर्क बहादुर गुरुङ्ग (भिम गुरुङ्ग) र गम्भीरमान श्रेष्ठ ले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ