arrow

एनसेल–फ्लोमाइन्डर सहकार्यलाई ग्लोबल मोबाइल अवार्ड

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
ncell.jpg.jpeg
काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल र फ्लोमाइन्डर फाउन्डेसनले वैशाख १२ को गोरखा भूकम्प पश्चात राहत कार्यलार्ई सघाउने उद्देश्यले गरेको संयुक्त प्रयासको मुल्याङ्कन भइको छ । यी दुईको संयुक्त कार्यले जीएसएमएको ‘आकस्मिक वा मानवीय संकटको बेलामा मोबाइल’ विधाको ग्लोबल मोबाइल अवार्ड पाएको हो । 
 
जुन कार्य अन्तर्गत, मोवाईल प्रयोगको बृहत (म्याक्रो) डेटाका आधारमा एनसेल र फ्लोमाइन्डरले प्रभावित जिल्लाहरुमा जनसमुदाय कसरी चलायमान भइरहेका र कहाँ विस्थापित भईरहेका छन् भन्ने रिपोर्ट संयुक्त राष्ट्रसंघ लगायत राहत कार्यमा संलग्न निकायलाई निरन्तर उपलब्ध गराएका थिए ।
 
विश्वभरका जीएसएम प्रविधिमा मोवाईल सेवा प्रदान गरिरहेका कम्पनीहरुको छाता संगठन जीएसएमएले यस प्रयासलाई गत महिना ‘आकस्मिक वा मानवीय संकटको बेलामा मोबाइल’ विधा अन्र्तगत उत्कृष्ट पाँचभित्र पारेको थियो । अन्तिम पाँचमा पुगेका डाइरेक्ट रिलिफ र एस्रीको ‘आर्कजिआइएस मोबाइल एप’, एरिक्सन र संयुत  राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको ‘एरिक्सन रेसपोन्स’, मोबिलिङ्क र वासिला माइक्रोफाइनान्स बैंकको ‘मोबिक्यास’ र युफोनको ‘मोबाइल गभरनेन्स इमरजेन्सी अलर्ट सिस्टम’लाई पछि पार्दै एनसेल–फ्लोमाइन्डर सहकार्यले अवार्ड जितेको हो ।
 
स्पेनको बार्सिलोनामा भइरहेको मोबाइल वल्र्ड कंग्रेसको अवसरमा जीएसएमएले मंगलबार अवार्ड हस्तान्तरण गरेको हो । सो सम्मान एनसेलका तर्फबाट राजेश लाल न्याछो र फ्लोमाइन्डरका लिनस बैंङगिट्सन र एरिक विटरले ग्रहण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ